प्रदेश ५ मा खरिद गरीएका सवारी साधनमा भएको अनियमितता पत्ता लगाउन ३ सदस्यीय समिति गठन

बुटवल, २७ पुस । प्रदेश ५ प्रदेशसभा सचिवालयका लागि खरिद गरीएका सवारी साधनमा भएको अनियमितता बारे प्रारम्भिक छलफल गर्न सार्वजनिक लेखा समितीले ३ सदस्यीय समिति गठन गरेको छ ।


प्रदेशसभाका बिभिन्न समितीका संयोजक र संसदिय दलका मुख्य सचेतकहरुका लागि खरिद गरीएका सवारी साधनमा आर्थिक चलखेलको समाचार सार्वजनिक भए पछि विहिबार बसेको सार्वजनिक लेखा समितीले ३ सदस्यीय समिति गठन गरेको हो । नेकपाका कुल प्रसाद पोखरेलको संयोजकत्व रहेको समितिमा नेपाली कांग्रेसका बैजनाथ कलवार र राष्ट्रिय जनता पार्टीका सांसद कल्पना पाण्डे रहेका छन् । समितिलाई ७ दिन म्याद दिइएको समितिका सभापती डिल्ली बहादुर चौधरीले बताए ।गठित उपसमितिले मन्त्रालय र सचिबालय बाट प्राप्त फाईलहरुको प्रारम्भिक छलफल गर्नेछ । गठित उपसमितिले फाईल अध्ययान पछि समितिको पुर्ण बैठकमा लगी पुन छलफल गरिनेछ उपसमितिका संयोजक कुल प्रसाद पोखरेलले बताए ।
एकै कम्पनीबाट किनेका एकै प्रकारका सवारीसाधनको मूल्य मन्त्रालय अनुसार फरक पाइएपछि समितिले मन्त्रालयबाट कागजात मगाएको हो । एउटा गाडीमा ३ लाख ४० हजारदेखि ४ लाख ४४ हजार रुपैयाँ सम्म मूल्यमा फरक देखिएको छ । प्रदेशसभा सचिवालयले उपसभामुखसहित विषयगत समिति सभापतिका लागि १३ टाटा स्ट्रोम भीएस फोर हवील गाडी खरिद गरेको छ ।

ती गाडी उपसभामुख र ८ विषयगत समिति सभापतिका साथै सचिवले प्रयोग गरेका छन् । टाटा कम्पनीको नेपाल विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीमार्फत खरिद गरिएका हुन । प्रतिगाडी ७१ लाख ९४ हजार ९ सय ९९ रुपैयाँमा सम्झौता गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि टाटाको स्ट्रोम गाडी खरिद गरेको छ । उत्पादन कम्पनी, उत्पादन मिति र मोडल एकै भए पनि मन्त्रालयले खरिद गरेको गाडीको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ छ । उस्तै प्रकृतिको गाडी सामाजिक विकास मन्त्रालयले भने ७२ लाख ४२ हजारमा किनेको छ । समितिको अर्को बैठक माघ ४ गते दिउसो १ बजेका लागि बोलाइएको छ ।
सभापतीले गरे सवारी फिर्ता
यता सार्वजनिक लेखा समितिका सभापती डिल्ली बहादुर चौधरीले आफुले चढ्दै गरेको सवारी साधन प्रदेश सभा सचिबालको जिन्सी शाखामा बुझाएका छन् । आफुले चढेको गाडिमा आर्थिक अनियमितता भएको भन्दै उनले चढ्दै गरेको लु १ झ ४४१ नम्बरको गाडि फिर्ता गरेका हुन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology