बुटवलमा ११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स हुने

बुटवल, २८ पुस । बुटवलमा ११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स हुने भएको छ । रोट्याक्क क्लव अफ बुटवल, रोट्याक्क क्लव अफ तिनाउ सिटी, रोट्याक्क क्ल्व अफ भैरहवा, रोट्याक्क क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्क क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स हुने भएको हो ।


आयोजकले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानाकारी दिएको छ । डिष्ट्रिक कन्फरेन्स माघ ४ र ५ गते तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । रोट्याक्क डिष्ट्रिक ३२९२, नेपाल र भुटानले आयोजना भएको सम्मेलनमा देशभरका १ हजार बढिको सहभागिता हुने रोट्याक्क क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानाकारी दिए ।
सम्मेलनमा व्यक्तित्व विकास, क्षमताको प्रदर्शन सम्बन्धी प्रशिक्षण समेत हुनेछ । कार्यक्रममा डिष्ट्रिक गर्भनर चिन्तामणि भटट्राई, डिष्ट्रिक गर्भनर नोमिनी राजीव पोख्रेल, सांसद गगन थापा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनिती नेता रहवर अन्सारीको सहभागिता हुने आयोजकले बताएको छ ।


कार्यक्रम बारे जानाकारी दिदै रोट्याक्क क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले सामाजिक कार्य गर्दै आएका रोट्याक्क क्लवलहरुले सहभागि व्यक्तिहरुको व्यक्तित्व विकासका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रोट्याक्क डिष्ट्रिक ३२९२ का कम्युनिटी सर्भिस डिरेक्टर विक्रम क्षेत्रीले समाज रुपान्तरणको अभियान रोट्याक्क लागेको बताए ।
सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । ५० लाख खर्च अनुमान गरिएको छ । कार्यक्रम रोट्याक्क क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेको अध्यक्ष्ँता, रोट्याक्क क्लव अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्माको स्वागत तथा रोट्याक्क क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकाश पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology