रुपन्देहीमा गोलि चल्यो : प्रहरी र तस्करबिच भिडन्त हुँदा १ जना तस्करको मृत्यु

भैरहवा– रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाले जानकारी दिए।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०/३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गाेली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएकाे थापाले जनाए। प्रहरीकाे जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि थापाले बताए।

मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीकाे अनुमान छ। घटनास्थलबाट प्रहरीले अटाेमेटिक लाेडेड पेस्ताेल तथा तस्करले प्रयाेग गरेकाे युपी ५३ एच २०२८ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे छ।

प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएकाे गोली लागि एक प्रहरी जावन घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको छ।

रुपन्देहीमा तस्करी माैलाइरहेकाे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित बनेपछि प्रहरीले सर्च अपरेसन तथा जिल्लाका विभिन्न नाकाहरुमा आफ्नाे निगरानी बढाएकाे थियाे। एसपी थापाका अनुसार तस्करी भइरहेकाे विशेष सूचनाका आधारमा आज प्रहरीकाे एक टाेली रुपन्देहीकाे धकधयी र अर्काे टाेली श‌ंकरपुरतर्फ खटाइएकाेमा शंकरपुरमा साे घटना भएकाे हाे।

मृतककाे हालसम्म सनाखत हुन सकेकाे छैन। घटनाबारे थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology