रुपन्देहीका थारु समुदायमा माघी पर्वको रौनक सुरु (फोटो फिचर)

बुटवल, २९ पुस । रुपन्देहीका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । माघी को मुख्य दिन आउन अझै एक दिन बाँकी रहेपनि उनीहरुले पहिला नै माघीको शुभकामाना आदान प्रदान गरी माघी पर्व मनाउन सुरु गरेका हुन ।

माघ १ गते थारु समुदायकाले भव्य रुपमा माघी पर्व मनाउने गर्दछन् । सोही अनुसार रुपन्देहीको सुद्धाधान गाउपालिकामा थारु समुदायको माघी महोत्सव सुरु भएको छ । महोत्सवको पुर्व सांसाद रुकमती चौधरीले सुभारम्भ गरिन् ।

कार्यक्रममा बोल्दै चौधरीले सस्कृती संरक्षणको लागि सबैले एक जुट भएर लाग्नु पर्ने बताईन । उनले एकल प्रयासबाट सस्कृतीको रक्षा नहुने भन्दै यसको लागि सबैको साझा दायित्व र अभियान आवश्क रहेको बताएकी थिईन् ।

थारु कल्णकारी सभा सुद्धोधन गाउँपालिकाको आयोजनामा माघी महोत्सव सुरुवात भएको हो । सभामा रुपन्देही जिल्लाका विभिन्न स्थानबाट थारु समुदायका विभिन्न व्याक्तिहरुको सहभागीता रहेको छ । कार्यक्रममा विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचर लगायतका थारु परिकारहरु समेत राखिएको थियो । आयोजक संस्थाका अध्यक्ष पल्टन थारुले पछिल्लो समय माघी पर्वको महत्व अन्य जातीले पनि बुझेको बताए । उनले प्रदेश सरकारले माघी पर्वका अवसरमा विदा दिएको भन्दै सरकारलाई धन्यवाद दिए ।

फोटो / विकाश पराजुली 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology