Butwal Online

Advertisment

SKIP THIS

विकाश पराजुली
बुटवल, १० माघ । प्रदेश नं. ५ का मर्यादापालकले सेवा सुविधा नपाएको गुनासो मिडियालाई गरेपछि गुनासो गर्ने मर्यादापालकलाई कारबाही गरिएको छ । सभाुमख पुर्ण बहादुर घर्ति र संसद सचिबालयका सचिव दुर्लभ कुमार पुनको निर्देशनमा दुई जना मर्यादापालकलाई कारबाही गरिएको स्रोतले बताएको छ ।

सह मर्यादापालक प्रकाश मल्ल र यज्ञ बहादुर खत्रीलाई विहिबार संसद सचिबालय बाट फिर्ता पठाइएको छ । उनीहरुलाई दंगा प्रहरी नियन्त्रण गण एवं प्रदेश सभा सुरक्षा तथा समन्वयन ईकाईमा फिर्ता पठाइएको स्रोतले बताएको छ ।


गत माघ ७ गते मर्यादापालक भुईमै सुत्न बाध्य भएको गुनासो सहित समाचार प्रसारण भएपछि उनीहरुलाई कारबाही स्वरुप ईकाई कार्यालयमा फिर्ता पठाइएको हो । माघ ६ गते नै गुनासो गर्ने मर्यादापालकलाई संसद सचिबालयका सचिव दुर्लभ कुमार पुनले पत्रकारलाई प्रक्रिया दिएको केही बेरमै हप्काएका थिए । समाचार बाहिर आएपछि प्रदेशका कानुन मन्त्री कुल प्रसाद केसी, सभामुख पुर्ण बहादुर घर्ति, उपसभामुख कृष्णी थारु, सचिव दुर्लभ कुमार पुन सहितको टोलीले छलफल समेत गरेको थियो । दुवै जना प्रदेश सभा स्थापना कालदेखि संसदमा कार्यरत थिए ।
समाचार बाहिर आएपछि मुख्य मर्यादापालकका लागि छुट्टै कार्यकक्ष स्थापना भइसकेको छ भने बाँकीका लागि सेवा सुविधाका बारेमा छलफल समेत भएको छ । प्रदेश सभामा ४३ जना मर्यादापालक छन् ।
महिला र पुरुष मर्यादापालक रहेका प्रदेश सभामा उनीहरुका लागि दुई वटा डे«सिङ कोठा मात्र छुट्टाइएको छ । केही मर्यादापालकले कोठा भाडामा लिई बस्ने गर्दछ भने कतिपय मर्यादापालक संसद सचिबालयको तेस्रो तलमा भुईमै सुत्दै आएका छन् । मर्यादापालक लाई कारबाही गरिएको सम्बन्धमा संसद सचिबालयले औपचारिक जवाफ दिएको छैन् । संसद सचिबालयका सचिव दुर्लभ कुमार पुनलाई यस बारे प्रक्रिया माग्दा सम्पर्कमै आउन चाहेनन् । राजनिती बाट नियुक्त भएर आएका सचिव दुर्लभ कुमार पुनले यस अघि पनि मन्त्रालय तहबाट निर्देशन आएका फाईलहरु रोक्ने समेत गरेको स्रोतले बताएको छ । तत्कालिन माओवादी पार्टी बाट बैदेशिक विभाग प्रमुख रहेर काम गरेका पुन चौथो सचिवका रुपमा प्रदेश नं. ५ मा आएका हुन । मर्यादापालकको गुनासो सम्बन्धी प्रक्रिया माग्दा आन्तारिक कुरा भन्दै उनी प्रतिक्रिया दिन मानेका थिएनन् ।
यसैबीच दंगा प्रहरी नियन्त्रण गण एवं प्रदेश सभा सुरक्षा तथा समन्वय ईकाईका एसपी दिलिप सिंह देउवाले ईकाई कार्यालयमा आवश्यक जनशक्ति नभएकाले फिर्ता पठाएको औपचारिक जवाफ दिएका छन् । त्यसैगरी प्रदेश नंं ५ का डिआईजी पिताम्बर अधिकारीले भने समाचारकै कारण मर्यादापालकलार्य फिर्ता नपठाइएको बताए ।

 

प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार