Butwal Online

Advertisment

SKIP THIS

१४ माघ, काठमाडौं । कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।


५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।

कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कप्तान पारसले ६९ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

 

त्यसअघि अन्तिम दश ओभरमा यूएईले १ सय १४ रन जोडेपछि घरेलु टोली २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । शाइमन अनवारले ८७ रन बनाएपछि दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । अनवार बाहेक मोहम्मद बूताले अविजित ५९ रन बनाए भने सीपी रिजवानले ४५ रन जोडेका थिए ।

युएई टिम : मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), पवन सर्राफ, प्रदीप ऐरी,रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा, अविनाश बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार