Butwal Online

Advertisment

SKIP THIS

बुटवल माघ २१ । प्रदेश सभाको पहिलो बैठक बसेको एक वर्ष अवधि पुगेको अवसरमा प्रदेशसभा सचिवालय प्रदेश नं ५ ले प्रदेशसभा दिवस आज मनाउंदै छ ।


२०७४ माघ २१ गते पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा सचिवालयले प्रदेशसभा स्थापना दिवसको रुपमा लिएको जनाएको छ ।
प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु लगायतको विशेष सहभागिता रहने बताइएको छ ।
दिवसको अवसरमा प्रदेशसभा दर्पणको लोकार्पण, उत्कृष्ट कर्मचारी तथा मर्यादापालकहरुलाई पुरस्कार वितरण गरिने संसद सचिबालयले जनाएको छ ।
प्रदेशसभा गठन भएपछि हालसम्म आइपुग्दा ६३ वटा बैठक बसेका छन् ।
०७४ माघ २१ गते शुरु भई ०७५ बैशाख २५ गते समाप्त भएको पहिलो अधिवेशनमा २२ वटा बैठक बसेका थिए भने बैशाख ३१ गते शुरु भई साउन २४ गते सकिएको दोश्रो अधिवेशनमा २८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
त्यस्तै गत मंसिर २६ गतेदेखि शुरु भएको तेश्रो अधिवेशन अन्तर्गत हालसम्म १३ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार