Butwal Online

Advertisment

SKIP THIS

बुटवल, २४ माघ । रुपन्देहीमा घर भएका ६ जना सांसदले प्रदेश सभा सचिबालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा गरेका छन् । घरभाडा बापत प्रदेश सभा सचिबालयले प्रति सांसद १५ हजार रुपैया दिदै आएको थियो ।

प्रदेश सभा स्थापना भएको एक बर्ष सम्म घरभाडा बापतको रकम थाहै नपाई खातामा गएको भन्दै नेकपाका ६ जना सांसदले घरभाडा वापतको रकम नलिने बताएका हुन । उनीहरुले प्रदेश सभा सचिबालयमा भाडा वापतको रकम नलिने भन्दै हस्ताक्षार समेत गरेका छन् । नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरु भोज प्रसाद श्रेष्ठ, डा . कृष्ण न्यौपाने, तुल्सी चौधरी र कमला वि.क.ले घरभाडा बापतको रकम नलिने नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।
प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । त्यसपछि मात्र सांसदहरुले घरभाडा वापतको रकम नलिने भएका हुन । एक बर्ष सम्म प्राप्त गरेको रकमलाई भने सामाजिक कोष बनाउने योजना रहेको सत्तापक्षका सांसदहरुले बताएका छन् । । त्यस्तै रुपनदेही जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा,विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायतका सांसदरू भने भाडामा बस्दै आएकाले घर भाडा बापतको रकम लिएको बताइएको छ । संघीय सांसदहरूमा पनि यो विषय उठेपछि केही सांसदहरूले बुझदै आएको घरभाडा फिर्ता गरेका थिए । भाडाको विषयमा कांग्रेस सांसदहरूले कुनै निर्णय गरेका छैनन । ८७ सदस्यीय प्रदेशसभा रूपन्देहीबाट १ जना मन्त्री सहित १८ सांसदहरूले प्रतिनिधित्व गर्छन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार