Butwal Online

Advertisment

SKIP THIS

कपिल ज्ञवाली
२४ माघ,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय प्रणालीलाइ स्थापित गरेर मुलुकलाइ समृद्ध बनाउनुपर्ने बताएका छन् । बजारमा संघीयता र प्रदेश सरकार चाहिदैन भन्दै जनमोर्चा तथा केहि बुद्धीजीबीसमेत लागेकाले त्यस्ता कुराको बिश्वास र पछि नलाग्न समेत सुझाए ।


संघीयता लागुभएपछि मुलुकको जिडिपिको ग्रोथरेट ६ दशमलव ५ पुगिसकेको भन्दै उनले ग्रोथरेट अझै बढ्ने समेत ठोकुवा गरे । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको प्रथम स्थापना दिवस तथा स्मारिका बिमोचन कार्यक्रमलाइ सम्बोधन पोखरेलले संघीय प्रणालीलाइ स्थापित गरेपछि मात्रै मुलुक समृद्ध बन्ने दाबि गरे ।
‘प्रदेशका प्राथमिकता निर्धारणका लागि हामी छिटो निश्कर्षमा पुगेका छौं ,प्रदेशको फाउन्डेसन बनाउन बांकी छ हामी अब धेरै गर्छाै ।’
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सकिएपछि प्रदेशमा पर्यटनको बिकास तीब्र हुन्छ ,हामीले पर्यटन प्रबद्र्धनका लागि १ बर्षमा सय भन्दा बढि खेल मैदान समेत बनाउदैछौ’ उनले भने ।
‘हिजो केन्द्र सरकारले १ बर्षमा यति गथ्यो त गरेन,अहिले केन्द्र र प्रदेश सरकार मिलेर हामी यो प्रकृया अघि बढाइसक्यौ, प्रदेशमा ६ वटा रंगशाला बनाउने काम अघि बढी सक्यो ।’
प्रदेश ५ समृद्ध बन्ने र नुमना बन्नेमा आफु ढुक्क रहेको उनको भनाइ छ । प्रदेशमा एकैचोटी रुपन्देही,दाङ र बाकेमागरि तीनवटा नया औद्योगिक क्षेत्र बनाउने काम शुरु भएको पोखरेलको भनाइ छ ।
‘बाहिरको हल्ला जस्तो नभएर नेपालको अर्थतन्त्र पोजिटीभ दिशातर्फ जांदै छ , तरलताको अबस्था, बैंकको क्षमता बढाउने नाममा संख्या घटाउदा केहि समस्या भएको हो ।’
‘मुलुकको आर्थिक अबस्था संकटमा पर्यो भनेर २ दशकदेखि सुनेको छु तर आर्थीक बिकासको चिन्ता गर्नुपर्ने ठांउमा छैन,र भोली पनि रहनेछैन’ पोखरेलले ठोकुवा गरे ।


नेपालले तीब्र आर्थिक बिकासलाइ थेग्न सक्दैन भन्ने इकोनोमीष्टहरुको अनुमान फेल भएको उनको भनाइ छ ।
उनले यो बर्ष संक्रमणको बर्ष भएको भन्दै सरकारले फागुणबाट प्राप्त रकम बिकास निर्माणमा खर्च हुने मुख्यमन्त्रीको भनाइ छ ।
‘अर्काे बर्ष ९० प्रतिशत बित्तीय उपलब्धी हुन्छ , १०० प्रतिशत भौतीक उपलब्धी हुन्छ । ’उनले भने ।
केन्द्रको राजनीतिले प्रदेशमा बाछिटा आएको भन्दै उनले प्रमुख बिपक्षी दललाइ केन्द्रको आधारमा प्रदेशमा राजनीति नर्गन समेत सुझाब दिए ।‘ यो आबश्यक छैन,अहिले कानुन बनाउने बेला हो,
कानुन बनाउने प्रकृयामा लागौं,संसदमा अबरोध नगरौं ,संसदलाइ कार्यसम्पादनको सामुहिक थलो बनाऔं ।उनले कांग्रेसलाइ सुझाब दिए ।
रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले मुलुकको बिकास र आर्थिक सम्बृद्धिका लागि आफुहरुको पहल जारी रहेको बताए । उनले सुशासन र बिकासका लागि सञ्चार भन्ने नारासहित रिपोर्टर्स क्लवको जन्म भएको भन्दै उनले प्रदेश ५ लाइ नमुना बनाउन र सफल मुख्यमन्त्री बन्न शंकर पोखरेललाइ आग्रह गरे ।उनले देशको हितमा काम गर्न समेत सुझाब दिए ।
धमलाले क्लवलाइ साझा फोरम बनाउने प्रयास सफल भएको भन्दै सबैलाइ आभार ब्यक्त समेत गरे ।सो अबसरमा प्रदेश ५ प्रमुख प्रतिपक्षी दलका नेता बलदेब शर्मा पोखरेलले साझा बिचार बनाएर क्लवले गरिरहेका गतिबिधिको प्रशंसा गरे ।


‘रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कार प्रदेश ५’ खनाललाइ

कार्यक्रममा यसैबर्षदेखि स्थापित रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका प्रदेश ५ ब्युरो प्रमुख दामोदर खनाललाइ प्रदान गरिएको छ । खनाललाइ दोसल्ला,प्रशंसापत्र तथा नगद १५ हजार ५ सय ५५ नगद सहित सम्मान गरिएको थियो । खनाल २ दशकभन्दा धेरै समयदेखि पत्रकारितामा क्रियाशिल छन् ।
क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता,प्रदेश सदस्य कपिल ज्ञवालीको संचालन तथा तेजेन्द्र केसीको स्वागतमा कार्यक्रम भएको थियो । सो अबसरमा सुशासन र विकास समृद्धिका आधार नामक स्मारिकाको समेत बिमोचन गरिएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार