Butwal Online

Advertisment

SKIP THIS
प्रदेश न: ५ मा गाडी खरिदमा अनियमितता भएको ठहर

बुटवल, २५ माघ । पाँच नम्बर प्रदेशमा गाडी खरिदमा भएको अनियमितता भएको ठहर भएको छ ।सार्वजनिक लेखा समितिले उपभोक्ता मुल्यभन्दा बढीमा गाडी खरिद भएको भन्दै बढी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ .।


प्रदेश नं. ५ प्रदेश सचिबालय र प्रदेश सभाले खरिद गरेका सवारी साधनमा लाखौ रुपैया अनियमिता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । । प्रदेश सभाले ११ वटा र मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिदमा अनिमितता आशंकामा सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको थियो । लेखा समितिले शुक्रबार प्रतिवेदनलाई अन्तिम रुप दिदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्याधिक नाफा खाएको र उपभोक्ता मुल्य ६८ लाख ५५ हजारभन्दा बढी मुल्य नतिर्न निर्देशन दिएको समितिका सभापती डिल्ली बहादुर चौधरीले बताए ।


लेखा समितिले भन्सारका कागजात हेर्दा करिव २५ देखि २९ प्रतिशत सम्म टाटा स्ट्रोम विक्रेता कम्पनीले नाफा राखेको देखिएको प्रतिबेदनमा उल्लेख छ । प्रदेश सभाले करिव ७२ लाख र मन्त्रालयहरुले करिव ७३ लाखमा गाडी खरिद गरेका थिए । गाडि खरिद विषयमा अख्तियारले समेत फाईल अध्ययान गरेको भन्दै थप छानविन अख्तियारले गर्नेछ ।
समितिले गाडी खरिदमा अनियमितता शब्द भने प्रतिवेदनमा उल्लेख गरेको छैन । अनियमितता हुदा सरकारी निकाय (गाडी खरिद) पक्षलाई भने कुनै कारबाहीको सिफारिस भएको छैन । समितिले माघ २९ गते बस्ने प्रदेश सभा बैठकमा प्रतिबेदन प्रस्तुत गर्नेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार