Butwal Online

Advertisment

SKIP THIS
सरकारको ढिलासुस्ती प्रति प्रश्न

बुटवल, २५ माघ । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले तत्काल प्रादेशिक भूमि आयोग गठन गरी अव्यवस्थीत बसोबासीलाई व्यवस्थीत गर्न सरकारलाई आग्रह गरेका छन् । उनिहरुले सरकारको सुस्तता र अलमलले जनतालाई जवाफ दिन कठिनाई भएको भन्दै संसदको भूमिकालाई बलियो बनाउन पनि सरकारसंग आग्रह गरेका हुन् ।


शुक्रवार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सरकारको ढिलासुस्ती प्रति प्रश्न गरेका हुन् । विशेष समय लिएर बोल्दै सांसद कृष्ण न्यौपानेले प्रादेशिक भूमि आयोग गठन गरी अव्यवस्थीत बसोबासीलाई व्यवस्थीत गर्नुपर्ने बताए ।
उनले प्रदेशको समृद्धिको लागि कृषिलाई आधुनिकीकरण गर्ने र चक्लाबन्दीको कानुन बनाउनुपर्ने बताए । सांसद डिल्ली बहादुर चौधरीले महिनामा कम्तिमा १ पटक भएपनि मुख्यमन्त्री संग सांसदहरुको अन्तरकृया हुनु जरुरी रहेको बताए ।
प्रदेश विकास परिषद् गठन गरेको विभिन्न मिडियाबाट जानकारी पाएको भन्दै उनले सरकारले कुनैपनि काम गर्दा प्रतिपक्ष संग समन्वय नगरेको गुनासो गरे । अर्का सांसद भोज प्रसाद श्रेष्ठले विकासमा निजी क्षेत्रको सहभागिताको लागि सार्वजनिक निजि साझेदारीको ऐन बनाउनु जरुरी रहेको बताए । आजको बैठकमा सांसदहरु कुल प्रसाद पोखरेल, कमला देवी विकले पनि समसामयिक विषयमा बोलेका थिए । त्यस्तै शुक्रवारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले प्रदेश नं. ५ तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलको लागि सभामा प्रस्तुत गरे भने छलफलमा उठेका प्रश्नको जवाफ समेत दिएका थिए । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश नं. ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धि बनेको विधेयक पेश गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिका सदस्य ईन्द्र प्रसाद खरेलले प्रदेश नं. ५ भवन निर्माण कार्यलाई व्यवस्थीत एवं नियमित गर्ने सम्बन्धमा बनेको प्रतिवेदन सहितको विधेयक र कृषि वन तथा वातावरण समितीका सभापति विजय बहादुर यादवले प्रदेश नं. ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ २९ गते बस्ने छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार