Butwal Online

Advertisment

SKIP THIS

बुटवल, २७ माघ । बुटवलमा पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटवल प्रतियोगीता हुने भएको छ । बुटवल लायन्स क्लव अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्य अपांङ्गता भएका व्यक्तिको खेलकूदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा ह्वील चियर बास्केटवल प्रतियोगीता आयोजना गर्न लागेको हो ।

प्रतियोगीताको विषयमा आईतबार बुटवलमा पत्रकार सम्मेलनको गरी यहि फागुन २४ र २५ गते बुटवलमा उक्त प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिएको हो । लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेले समाजमा अपांङ्गता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई देखाउन, उनीहरुमा रहेको हिनताबोध हटाउन प्रतियोगिताको आयोजना गरिएको बताईन ।
बुटवल देवीनगरमा रहेको भुपु सैनिक क्लव देवीनगर बुटवल रुपन्देही को प्राड्डणमा हुने प्रतियोगीतामा नेपालभर बाट १ सय भन्दा बढि ह्वीलचियर बास्केटवल प्रतियोगीहरु सहभागी हुने छन् । प्रतियोगीतामा ७ वटा प्रदेश बाट प्रदेश स्तरिय खेलाडीहरुको साथै ४ वटा छुट्टै महिला खेलाडी टिमको पनि सहभागीता हुने कार्यक्रम संयोजक एली क्षेत्री जानकारी दिईन ।
प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुबै टिमलाई नगद २५ हजार, द्धितिय टिमलाई २० हजार र तृतिय टिमलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमा लायन्स क्लव अफ बुटवल सयपत्रीकी पुर्व सचिव कमला कुँवर बस्नेतको सञ्चालन तथा कल्पना सिवाकोटीको स्वागतमा भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार