Butwal Online

Advertisment

SKIP THIS
माउण्ट रोयल एजुकेशन बुटवलमा

माउण्ट रोयल एजुकेशन को बुटवमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहदादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन ।

विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९ राजमार्ग चौरहामा कन्सल्टेन्सी सुरुवात गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बढि भएको भन्दै विदेशमा गएर सीप शिकेर पुनः नेपालमा नै आएर पेश व्यवसाय गर्नको लागि कन्सटेन्सीहरुले उत्प्रेरणा प्रदान गर्नुपर्ने बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष राजन गैरेले पहिलो चरणमा जापानको अतिरिक्त युरोपियन देशहरुको लागि समेत आफुले कार्य गर्ने जानकारी दिए ।

कार्यक्रममा बुटवल उवासंघका सचिव कमल पौडेल, गरिमा विकास बैंक बुटवल शाखा प्रमुख लेखनाथ भट्राई, नेपाल टेलिकम बुटवल शाखा अधिकृत दोण प्रसाद गैरे, जोन एजुकेशन बुटवल शाखा प्रमुख कृष्ण न्यौपाने लगायतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार