Butwal Online

Advertisment

SKIP THIS

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउदै हुनुहुन्नेद्ध । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल नारायणघाट सडक स्तरोन्तीको शुभारम्भ गर्न प्रधानमन्त्री ओली चैत्र ८ गते रुपन्देही आउने कार्यक्रम तय भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे मेडिकल कलेजको कार्यालयको उदघाटन गर्ने र त्यसपछी बुटवलको राजमार्ग चौराहाबाट बुटवल नारायणघाटलाई ४ लेण्ड बनाउने कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

तिलोत्तमाको शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको करिव २ सय बिगाहा क्षेत्रफलमा सरकारले मेडिकल कलेज स्थापना गर्ने निणर्य गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले तिलोत्तमा सहित महोत्तरीको बर्दिवास र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जना कर्मचारीको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो ।

सरकारले बजेट सहित कर्मचारीको व्यवस्था गरेपछी तिलोत्तमाको नयाँमिलदेखि पुर्वपट्टीको एउटा घर कार्यालय सञ्चालनका लागि भाडामा लिईसकिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको थियो ।
२०७३ असार २७ गते गठित समितिले तिलोत्तमा नगरपालिकाको प्रस्ताबित क्षेत्र उपयुक्त हुने प्रसताव प्रतिवेदन दिएपछी सोही वर्ष साउन १२ गतेको मन्त्रीपरिषदको बैठकले शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको मध्ये २०० बिघा जमिन उपयोग गर्न स्विकृती दिने निर्णय गरेको थियाे ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार