Butwal Online

Advertisment

SKIP THIS

वा उमेरमै डिजिटल माध्यमबाट धेरैको चिना हेरेर हरिहर अधिकारीले भविष्य बताए, वर्तमान केलाए र भूतकाल ठम्याए । यसैले त उनले कम उमेरमै विश्वमा आफ्नो नाम ज्योतिष क्षेत्रमा चिनाएका छन् । हरिहरको अफिसमा चलचित्रको कथा लेख्न थालेदेखि रिलिजसम्म चलचित्रकर्मी पुग्छन् । उनले नै भनेर धेरै कलाकारको हातमा विभिन्न खालका औठीले भरिएका छन् । अझ भनौ, हरिहर चलचित्रकर्मीका लागि आशाको केन्द्रमा छन् ।

अब, उनै हरिहर आफ्नो भविष्यको फैसला गर्ने कुर्सीमा बसेका छन् । अझ भनौ, धेरै चलचित्रकर्मीको चलचित्र हिट वा फ्लपदेखि नाम के राख्नेसम्मको साइत र अक्षर जुराइदिने हरिहरले यसपटक आफ्नै लागि एउटा नाम जुराएका छन्, ‘शुभ लभ’ ।

चैत्रको १५ गतेदेखि रिलिज हुन लागेको यो चलचित्र हरिहरका लागि विशेष छ । किनकी, धेरैले पत्याएका उनलाई आफू सफल हुन आवश्यक छ । आफू सफल हुँदा उनको ज्योषित शास्त्रमा विश्वास गर्ने पनि बढ्छन् होला, नत्र विश्वास गरेकाहरुको आशा कमजोर हुन्छ । किनकी, अरुको चलचित्रको हरेक कुरा भनिदिने हरिहरले पक्कै पनि कमजोर नाम र कथा रोजेनन् होला ।

सन्तोष बाबु लोहनीको निर्देशनमा बनेको यो चलचित्रबाट नै हरिहरले नायकको रुपमा चलचित्रमा डेब्यु गर्न लागेका हुन् । हरिहरसँगै यस चलचित्रबाट कृष्टिन पौडेलले पनि चलचित्र क्षेत्रमा पाइला टेकेकी छिन् । श्री प्रदिपकुमार उदयको प्रस्तुतीमा तयार भएको चलचित्रमा धर्मराज सुवेदीको लगानी छ ।

पत्रकारसँग रमाइलो गर्दै हरिहरले भने–‘चलचित्रको विषयबस्तु नै ज्योतिषसँग सम्बन्धित छ । यस्तो विषयमा अहिलेसम्म चलचित्र बनेको मलाई थाहा छैन । यसैले पनि चलचित्रलाई लिएर म उत्साहित छु ।’ जो सुकै कलाकारलाई पनि आफ्नो चलचित्र रिलिजको समयमा डर वा उत्साह हुनु स्वभाविक नै हो । यसै चलचित्रबाट डेब्यु गरेकी कृष्टिन पनि चलचित्रलाई लिएर निकै आशावादी छिन् । ‘चलचित्रमा हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौँ । सायद यसलाई दर्शकले स्विकार्नुहुन्छ होला ।’ कृष्टिन सुनिइन् । यो चलचित्रको कथा पनि हरिहर अधिकारीकै हो । उनी भन्छन्–‘मैले चिना वा हात हेर्दा धेरै जनाको धेरै कथाहरु सुनेको थिएँ । हरेक मान्छेसँग फरक फरक कथा भेट्थेँ । त्यही समय नै मलाई यस्तो विषयमा चलचित्र बन्यो भने कस्तो होला भन्ने मनमा थियो ।’

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार