Butwal Online

Advertisment

SKIP THIS

६ चैत्र ।  नेपाली महिला राष्ट्रिय फुटबल टोली पाँचौ साफ महिला च्याम्पियनसिपमा श्रीलंकामाथि शानदार जित हासिल गर्दै फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपालले शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल भारत र बंगलादेशबीच बुधबार ३ः०० बजे सुरु हुनेछ ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार