Butwal Online

Advertisment

SKIP THIS
मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम ठप्प

बुटवल, २ बैशाख 

रूपन्देहीमा प्रस्तावित प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम ठप्प भएको छ । प्रदेश नं. ५ स्तरिय मोतिपुर औद्योगिक क्षेत्र बुटवलमा औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन हुन नसक्दा कार्यालय खुलेको ५ महिना बितिसक्दा पनि निर्माणको काम अगाडि बढ्न बढ्न सकेको छैन ।

गत कात्तिकमा मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना वातावरणीय प्रभाव मूल्यांकन बिना काम गर्न नसकिने भएपछि कर्मचारी कामविहीन समेत भएका छन । औद्योगिक क्षेत्रमा कस्ता प्रकृतिका उद्योग स्थापना गर्ने भन्नेमा वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको भएपनि प्रतिबेदन आउन ढिला भएको छ । जसले औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन् ।

“कार्यालय बाट केही काम भएको छैन” मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयका ईन्जिनियर अशोक अर्यालले भने–“अब कार्यालय समेत बुटवलको डिभिजन सडकले हेर्ने भएको छ ।”
वातावरणीय प्रभाव मूल्याङ्कनपछि मात्रै बस्ती व्यवस्थापन हुने हुँदा अहिले कार्यगति ठप्प भएको उनको भनाई छ । औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनको कामलाई चुनौतीपूर्ण मानिएको छ ।

उद्योग मन्त्रालयले ईआईएका लागि पहिले नै एक पटक कार्यसूचीसहित आवश्यक कागजातहरू वन तथा वातावरण मन्त्रालयमा पठाइसकेको थियो । तर, कार्यविधि अनुसार सूचना प्रकाशन नगरी कार्यसूची पेश गरेकाले वन मन्त्रालयले त्यसलाई फिर्ता गरेको बताइन्छ । त्यसपछि पुनः कार्यसूची आफ्नो टेबलमा आइनसकेको वन मन्त्रालयअन्तर्गतको वातावरण तथा जैविक व्यवस्थापन विभागले बताएको छ । यसैका कारणले समयमै डीपीआरको काम सकिए पनि ईआईए अगाडि बढ्न सकेको छैन ।

तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिघा क्षेत्रफलमा औद्योगिक रूपन्देहीको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको छ । औद्योगिक क्षेत्रमा उद्योग खोल्न ४ सय ५० उद्योगीले आवेदन दिएका छन । उद्योगीको आशयपत्र माग गरिसकेपछि पनि औद्योगिक क्षेत्रको काम रोकिंदा उद्योगीहरू चिन्तित बनेका छन् । “सवै काम सकाएर मात्र आशय पत्र माग गर्नुपर्ने थियो तर त्यसो गरिएन” नेपाल उद्योग परिसंघका प्रदेश नं. ५ संयोजक एजाज आलम भने–“परियोजना कार्यालय खोलेर झारा टार्ने मात्र काम गरियो ।” उनले औद्योगिक क्षेत्र निर्माणमा स्थानमा भएका विवादलाई समेत छिटो समधान गरी निर्माणको काम सुरु गर्नुपर्ने बताए ।

मोतीपुरमा ५ बर्षभित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको योजना छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिनेछ । नेपाल इन्भाइन्मेन्लट एन्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी जितजंगमार्ग, थापाथली काठमाडौंले संयुक्त रूपमा वातावरणीय प्रभाव मूल्यांकनको काम गरेका थिए । तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा प्रक्रियामा रहेको परियोजनाले जनाएको छ ।

यस्तो प्रस्ताव गरिएको छ औद्योगिक क्षेत्र

८ सय १३ बिगाहा क्षेत्रफलमा पाँच वर्ष्भित्र अनुमानित ८ अर्बको लागतमा निर्माण हुन लागिरहेको मोतीपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ । बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योेगिक क्षेत्र २०४१ यताको पहिलो हुनेछ ।
तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्सा्टिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार