Butwal Online

Advertisment

SKIP THIS

वैशाख २,

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा कप्तान कप्तान विराट कोहली को टिम रोयल च्यालेन्जर्स बेंग्लोर सातौ पटक पराजित भएको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा मुम्बईले बेंग्लोरलाई पाँच विकेटले पराजित गरेको हो । बेंग्लोरले दिएको १७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

मुम्बईका लागि क्विन्टन डि ककले ४०, सूर्यकुमार यादवले २९,रोहित शर्माले २८, इसन किसानले २१ रन बनाए भने हार्दिक पाण्ड्या ३७ रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । उसका लागि एबी डे भिलियर्सले सर्वाधिक ७५, मोइन अलीले ५० र पार्थिभ पटेलले २८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

हारपछि बेंग्लोरको प्लेआफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ । आठ खेलमा एक खेल मात्रै जित हात पारेको बेंग्लोरले सात खेलमा हार ब्यहोर्दा उसको दुई अंक मात्रै छ ।  छैठौं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको थियो

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार