Butwal Online

Advertisment

SKIP THIS
‘ए मेरो हजुर ३’ चल्दा अनमोल चम्किए, सुहाना उदाइन्

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारले चलचित्र क्षेत्रमा उत्साह मात्र थपेको छैन, चहलपहल पनि बढेको छ । हलमा दर्शकलाई आकर्षित गर्न सकेको खण्डमा लगानी उठ्ने मात्र होइन नाफा पनि राम्रै कमाउन सकिन्छ भन्ने सोच फेरि निर्मातालाई पलाउन थालेको छ ।

हुनत, ‘ए मेरो हजुर ३’ले बम्पर कारोबार गर्दै गर्दा अन्य निर्माता मख्ख पर्न भन्दा पनि राम्रो चलचित्र बनाउनतर्फ अग्रसर हुन आवश्यक छ ।

अनमोल चम्किए
चलचित्र ‘ए मेरो हजुर ३’ले इनिसियल व्यापार गर्नुको पछाडि नायक अनमोल केसीको क्रेज, चलचित्रको नामको ब्रान्ड, गीतसंगीत, निर्देशक झरना थापा र ट्रेलरलाई मानिएको छ । ‘कृ र क्याप्टेन’मा प्रयोग गर्न खोज्दा केही हदसम्म चिप्लिएका नायक अनमोल केसी ‘ए मेरो हजुर ३’बाट लभस्टोरी जनरामा फर्किएका छन् । योसँगै फेरि उनलाई हलमा हेर्न दर्शक ओइरिएका छन् । चलचित्रको व्यापारले अनमोल केसी फेरि चम्किएका छन् । अनमोल केसीमाथि लगानी गर्न निर्माताको हानथाप फेरि सुरु हुने पक्का छ । तर, नायक अनमोल केसीले भने करिब ६ महिना कुनै पनि चलचित्र साइन नगर्ने बताउँदै आएका छन् ।

उदाइन् सुहाना
चलचित्र ‘ए मेरो हजुर ३’बाट नव–नायिका सुहाना थापा उदाएकी छिन् । चलचित्रले बम्पर कारोबार गरेसँगै सुहाना थापाको करिअर पहिलो चलचित्रबाटै चम्किएको छ । सुहानालाई चलचित्रमा हेरेपछि उनको कामको प्रशंसा गर्नेहरु पनि उस्तै छन् । सुहानाको अभिनयको तारिफ गरेर चलचित्रकर्मीदेखि पत्रकार र दर्शक थाकेका छैनन् । यसैले पनि सुहाना पहिलो चलचित्रबाटै उदाएकी छिन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार