Butwal Online

Advertisment

SKIP THIS

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारी दमनको प्रतिरोध गरौं भन्दै जनताका नाममा अपिल जारी गरेको छ ।

नेकपाद्वारा जारी अपिलमा पक्राउ गरिएका आफ्ना नेता, कार्यकर्ताहरूको रिहाइ, झुट्टा मुद्दा खारेजी र भ्रष्टाचार, तस्करी र राष्ट्रघातका विरुद्ध वैशाख ५ गते कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार–व्यवसाय बन्द गर्न समेत आह्वान गरिएको छ ।

‘केपी वली सरकार आएपछि कति जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू भए । खै सुन तस्करहरूको हिसाब, खै ठूलो जहाज काण्डको ६ अर्ब रुपैयाँ, खै चिनी काण्डका अपराधीहरू’, अपिलमा भनिएको छ, ‘खै एनसेलकाण्ड रच्ने कमिसनखोरहरू, खै बूढीगण्डकीका कमिसनखोरहरू, खै निर्मलाका बलात्कारी र हत्याराहरू, खै अरुण तीन र माथिल्लो कर्णाली बेचेर खानेहरू ? खै प्रहरी–प्रशासनलाई घूसखोरी, चाकरी–चाप्लुसीमा फसाएर इमानदारलाई कारबाही र ठगलाई पुरस्कृत गर्ने फटाहाहरू रु भाषणमा त केपी वलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेको होइन ?’ जनताका नाममा लेखिएको अपिलमा भनिएको छ ।


बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार