Butwal Online

Advertisment

SKIP THIS

 

लमही– आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको लमही रङ्गशालामा आजदेखि महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा प्रदेश १ ले प्रदेश ५ लाई सात विकेटले पराजित गरेको छ ।

प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि प्रदेश ५ ले १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७० रन बनायो । एकहत्तर रनको विजय लक्ष्य प्रदेश १ ले १४ दशमलव ५ ओभरमा तीन विकेटको क्षतिमा पुरा ग¥यो । प्रदेश १ का लागि रोमा थापाले ३१ बलमा २३ रन, अब्सरी वेगमले २१ बलमा १५ तथा काजल श्रेष्ठले १४ बलमा १२ रन बनाइन् । बलिङतर्फ प्रदेश ५ का कप्तान नेरी थापाले चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिइन् ।

यसअघि प्रदेश ५ का लागि ब्याटिङ गर्ने क्रममा सरस्वती पुनले १८ तथा सरस्वती जिएम र लक्ष्मी चौधरीले १५÷१५ रन जोडे । बलिङतर्फ प्रदेश १ की रश्मी शर्मा चौलागाईंले ह्याट्रिक लिइन् । उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचाँै बलमा विकेट लिएकी थिइन् । रश्मीले तीन ओभर बलिङ गर्दै एक मेडन राखी १२ रन खर्चेर चार विकेट लिइन् । यस्तै सबनम राईले तीन दशमलव दुई ओभरमा नौ रन दिई चार विकेट लिइन् । रुविना क्षेत्री र भिग्मा तामाङले एक÷एक विकेट बाँडे । प्रतियोगितामा प्रदेश १ की रश्मी शर्मा चौलागाईंलाई ‘म्यान अफ दी म्याच’ घोषित गरिएको दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार