फोरम नेपाल उम्मेदवार छान्दै

राजविराज, १५ भदौ । अगामी असोज २ गते हुने स्थानीय निकायको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सप्तरीमा आफ्नो उम्मेदवारको सूची तयार गरेको छ ।

स्थानीय तहको तेस्रो चरणअन्तर्गत हुन गइरहेको निर्वाचनका लागि फोरम नेपालले नगरपालिका र गाउँपालिकामा आफ्ना उम्मेदवार चयन गरेको बताएको छ ।

राजविराज नगरपालिकाको प्रमुखमा भीमराज यादव, उपप्रमुखमा किरणकुमारी साह, कञ्चनरुप नगरपालिकाको प्रमुखमा सुदम्बर यादव, उपप्रमुखमा मीना ठाकुर, कंकालिनी हनुमाननगर नगरपालिकाको प्रमुखमा वीरेन्द्र माझी, उपप्रमुखमा सियावतीदेवी यादव, सुरुंगा नगरपालिकाको प्रमुखमा महेन्द्रप्रसाद चौधरी, उपप्रमुखमा प्रेमकुमारी थापा, खडक नगरपालिकाको प्रमुखमा हुमायु हक, उपप्रमुखमा केन्दुलाकुमारीदेवी झा, शम्भुनाथ नगरपालिकाको प्रमुखमा कन्तलाल चौधरी, उपप्रमुखमा निर्मलाकुमारी साह, डाक्नेश्री नगरपालिकाको प्रमुखमा बेचु साह, उपप्रमुखमा मिराकुमारी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा उमेश यादव र उपप्रमुखमा मिश्रा राईको नाम टुंगो लगाइएको फोरम नेपालले आज राससलाई जनाएको छ ।

यस्तै गाउँपालिकातर्फ महदेवा गाउँपालिकाको अध्यक्षमा दीपक यादव र उपाध्यक्षमा ममता यादव, तिरहुतको अध्यक्षमा हेमन्तकुमार बहडखेर र उपाध्यक्षमा तीर्थमाया मण्डल, कृष्णासवरणको अध्यक्षमा हरिनन्दन साह, उपाध्यक्षमा रमितादेवी सदा, इटहरी विष्णुपुरको अध्यक्षमा उमेशप्रसाद यादव, उपाध्यक्षमा उषाकुमारी साह, छिन्नमस्ताको अध्यक्षमा केदारप्रसाद यादव, उपाध्यक्षमा तृष्णाकुमारी मण्डल, बलानबिहुलको अध्यक्षमा दयानन्द गोइत, उपाध्यक्षमा रुविकुमारी गुप्ता तथा तिलाठी कोइलाडीको अध्यक्षमा नवनित झा र उपाध्यक्षमा चन्द्रिकादेवी यादव रहेको बताइएको छ ।

यस्तै सप्तरीमा रहेका नौ नगरपालिका र नौ गाउँपालिकामध्ये बोदेबर्साइन नगरपालिका, रुपनी गाउँपालिका र बेल्हीचपेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लाग्न अझै बाँकी रहेको जानकारी दिँदै अरु सबै नगरपालिका र गाउँपालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लागिसकेको संघीय समाजवादी फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…