आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भन्नुभयो, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।” प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । उहँले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताउनुभयो ।

कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ जानुभएको छ । नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै रु एक अर्ब रकम विनियोजन गरिएको बताइएको छ ।

 

 

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…