२ नं प्रदेशको पहिलो पार्टी माओवादी केन्द्रः अध्यक्ष दाहाल

पर्सा, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ । उहाँले २ नं प्रदेशको निर्वाचनमा परिवर्तनकारी र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जो सुकै पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रेस सेन्टर पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय बैठकको निर्णयलाई सार्वजनिक गर्दै अध्यक्ष दाहालले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्न विशेष ग्राह्यता दिने निर्णय गरिएको बताउनुभयो ।

 

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकीकरणपछि वीरगन्जमा भएको पहिलो सचिवालय बैठकले पार्टी एकीकरण, पार्टी प्रवेश र ध्रुवीकरणले निर्माण भएको ताजा परिस्थितिलाई पार्टीभित्र माथिदेखि तलसम्म समायोजन गर्न संरचना निर्माण गरिएको र एक हप्ताभित्र माथिदेखि तलसम्म समायोजन टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बैठकले मंसिर १० र २२ गते हुने प्रदेशसभा र केन्द्रको निर्वाचनमा परिवर्तकारी, संघीयता पक्षधर शक्तिको बहुमत भए मधेसी जनताको अधिकार र पहिचानलाई स्थापिन गर्न संशोधन प्रस्तावलाई पारित गर्न पहल गर्ने, सरकाको कामको समीक्षा गर्दै बैठकले सकरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने, संसदमा दर्ता रहेको प्रतिनिधि सभा र र प्रदेशसभा सदस्यको विधेकालाई चाँडोभन्दा चाँडो पारित गरी निर्वाचनको वातावरण निर्माण मद्दत पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले तराईमा आएको भीषण बाढीबाट प्रभावित आम जनतालाई राहत दिन संकट क्षेत्र घोषणा गरी प्रभावितको राहतका लागि विषेश प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले हाल निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको असन्तुष्टि रहेकाले निर्वाचन क्षेत्रलाई पुनरावलोकन गर्न प्रधानमन्त्रीसँग छलफल गर्ने प्रष्ट पार्नुभयो । माओवादी केन्द्रको पहिलो सचिवालय बैठक वीरगन्जमै गर्नुको मुख्य उद्देश्य २ नं प्रदेशको निर्वाचनलाई सफल बनाउनु रहेको उहाँको भनाइ थियो ।

आज मध्याह्न १२ देखि साँझ ५ः३० बजेसम्म होटल भिष्वामा बसेको माओवादीको सचिवालय बैठकलाई स्थानीय निर्वाचनको दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पार्टी प्रवक्ता पम्फा भुसाल, नेताहरु जनार्दन शर्मा, प्रभू साह, रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…