नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने

काठमडौँ । नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने भएको छ । निगमले आगामी चैतदेखि दुबै देशमा उडानका लागि प्रकृया अघि बढाएको हो ।

आगामी चैतदेखि नै चीन र जापानमा उडान भर्न निगम तयारीमा जुटेको छ । चीन र जापान उडानका लागि मंसिरभित्र पत्राचार गरिसक्ने निगमको दावी छ । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटनमन्त्री लुओ सुआङले निगमको जहाज चीन उडानका लागि पहल गर्ने आश्वासन दिएका थिए । मन्त्री सुआङसँग नेपाली पक्षले नेपाली जहाज उडानका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

निगमका अनुसार ग्वान्जाउ उडानका लागि निगमले बेइजिङ लङवे इन्टरनेशनल ट्राभल सर्भिसलाई जिएसए नियुक्त गरिसकेको छ । जापानको ओशाकाको उडानका लागि जिएसए छनोट प्रकृया एक सातामै टुंगिने निगमले जनाएको छ । चीन र जापानबाट उडान अनुमतिपत्र आइसकेपछि उडान तालिका र भाडा दर निर्धारण गर्ने निगमको दावी छ । निगमले कम्तीमा साताको तीनवटा उडान भर्ने जनाएको छ ।

ग्वान्जाउका लागि एयरबस–३३० र एयरबस–३२० दुवैले उडान गर्नेछ । अहिले चीनको ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, चाइना वेस्टर्न, चाइना नर्दन, तिब्बत एयर लगायत छ वटा एयरलाइन्सले नेपालमा दैनिक उडान भर्दै आएको छ ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…