रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक भित्रिए

रसुवा – रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो १० महिनाको तथ्याङ्क हो ।गएको जनवरीदेखि अक्टोबर महिनासम्ममा २७ हजार ३ सय ८४ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालयले जनाएको छ ।

जनवरीमा ५ सय ८५, फेव्रुअरीमा ८ सय १६, मार्चमा ३ सय ६८, अप्रिलमा २ हजार ७ सय २२, मेमा २ हजार ७ सय ३२, जुनमा ४ हजार ८ सय ३०, जुलाइमा ४ हजार २ सय ४४, अगष्टमा ४ हजार १ सय २६, सेप्टेम्बरमा ४ हजार ११ र अक्टोबरमा २ हजार ९ सय ५० चिनियाँ पर्यटक नेपाल आएका कार्यलयले जनाएको छ ।

यो अवधिमा १८ हजार ५ सय ५४ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक रसुवागढी नाका हुँदै चीन प्रवेश गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि गएको वर्षदेखि तेस्रो देशका नागरिक नेपाल आइरहेका कार्यालयका नायव सुब्बा लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…