आइफोनमाथिको निर्भरता यसरी घटाउँदैछ एप्पलले

अमेरिकी कम्पनी एप्पलको कुल आयको अधिकांश हिंस्सा यसको सर्वाधिक लोकप्रिय उत्पादन आइफोनको बिक्रीले ओगट्ने गरेको छ ।तर, विस्तारै एप्पलको स्मार्टवाचको रुपमा रहेको एप्पलवाच कम्पनीको सबैभन्दा प्रभावकारी प्रोडक्टको रुपमा दह्रिने बाटोमा छ ।


पछिल्लो समय एप्पलका आइफोनहरु प्राविधिक उन्नयनमा अन्य प्रतिस्पर्धी कम्पनीहरु भन्दा खासै फरक हुन नसकिरहेको सन्दर्भमा एप्पलवाचले अग्रणी प्रोडक्टको रुपमा उपभोक्तामाझ आफूलाई स्थापित गर्न थालेको छ ।

आइफोन र एप्पल पर्यावाची जस्तै बनिरहेको अवस्थामा एप्पलवाचको प्रभावकारिता बढ्दै जाँदा भविष्यमा एप्पल कम्पनीको चिनारी मात्र बदलिने होइन, आम्दानीको सन्दर्भमा समेत आइफोनमाथिको निर्भरता कम हुने देखिन्छ ।

स्मार्टफोन प्रयोगकर्ताहरुमा आइफोनको हिस्सा घट्दै गएको छ । अझ एप्पलवाच प्रयोगकर्तामा त आइफोन प्रयोगको दर ह्वात्तै घटेको छ । एप्पल इनसाइडरको रिपोर्ट अनुसार एप्पलले अत्याधुनिक फिचरसहितको एप्पल वाचको पेटेन्ट अमेरिकामा दर्ता गरेको छ । त्यसलाई इमेज क्याप्चरिङ एप्पलवाच भनिएको छ । यसको अर्थ एप्पलले अब एप्पलवाचमा क्यामरा पनि थप गर्ने योजना बनाएको छ ।

तर, घडीमा क्यामराले कसरी काम गर्ला ? घडी आफैंमा सानो र शक्तिशाली डिभाइस हुँदाहुँदै यसमा रहेको क्यामराको उद्देश्य के ? तर, एप्पलको योजना दृष्टिगत गर्ने हो भने उसले एप्पलवाचमा एउटा मात्र होइन, दुईटा क्यामरा जडान गर्नेछ । पेटेन्ट दर्ता रिपोर्ट अनुसार घडीको फित्तामा दुईवटा क्यामरा हुनेछन् । दुवै क्यामरामा वाइड एंगल लेन्स हुनेछन् र लेन्सहरु एकसाथ तस्वीर खिच्नेगरी स्थापित गरिएका हुनेछन् ।

एप्पलवाचमा केवल क्यामरा मात्र होइन, फेस आइडी र फेस टाइम फिचर पनि हुने बताइएको छ ।यदि एप्पलवाचमा क्यामरा थप भएमा यसले एप्पल प्रयोगकर्ताको आइफोनमाथिको निर्भरता झनै कम हुने आकलन गरिएको छ । जसका कारण एप्पलका उपभोक्ताको सबैभन्दा रोजाइको प्रोडक्टको सूचीमा एप्पलवाचले आइफोनलाई पछि पार्ने अनुमान पनि गर्न थालिएको छ ।

एजेन्सी

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…