सामसुङले ल्यायो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन

दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो ।

यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ । बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे ।

आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ । त्यसैले अहिले सार्वज्निक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट होइन ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ ।

प्रयोगकर्ताले यो सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् । इनफिनिटी फ्लेक्स डिस्प्ले सामसुङको नेक्स्ट जेनेरेसन प्लेटफर्म हो ।
– एजेन्सी

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…