धुवाँधुलोले आक्रान्त बनाएको भन्दै स्थानीयले कलंकी–सोल्टीमोड सडक बन्द गरे

काठमाडौं । धुवाँधुलो र खाल्डा–खुल्डीसहितको प्रदुषणले आक्रान्त बनाएको भन्दै स्थानीयले आज काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द गराएका छन् । सडक विस्तारको नाममा जनस्वास्थ्यमा अति खेलबाड गरिएको, समयमै काम पूरा नगरेको, व्यापार–व्यवसाय चौपट भएको र आवागमन प्रभावित हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै स्थानीयले एक घण्टा सडक बन्द गराएका हुन् ।

सडकबाट हुने प्रदुषणका कारण मारमा पर्दा पनि व्यवस्थापनमा चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन् । सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने प्रबृत्तिका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि निर्माणमा ढिलाइ नगर्न सरकारलाई दवाव दिन सडक बन्द गर्नु परेको स्थानीयको भनाइ छ ।

स्थानीयले सडक व्यवस्थापनका लागि पटक–पटक भएको सम्झौता काठमाडौं महानगरपालिकाले कार्यान्वयन नगरेको गुनासो पनि गरेका छन् । तत्काल सुधार नभए सो सडकखण्ड अनिश्चतकालसम्म बन्द गर्ने स्थानीयको चेतावनी छ ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…