गायक किशोर थापाको नयाँ गित “नशालु आँखा” सार्वजनिक (भिडियो)

किशोर थापा तथा छमछमी कला केन्द्रको प्रस्तुतीमा रहेको पप गीत नशालु आँखा हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीत मार्फत गायक किशोरले आफ्नो प्रेमिकालाई मनको कुरा नलुकाई माया लगाउन आग्रह गरेका छन् ।

किशोर थापाको कर्णप्रिय आवाजमा रहेको उक्त गीतको भिडियोमा स्वयं गायक किशोर थापा र पुजन थापाको अभिनय रहेको छ । गीतको एरेन्ज नरेश पाण्डेले गरेको हुन भने भिडियोको कोरियोग्राफी ममोहर गोतामेले गरेका हुन् । भिडियोको दृश्यहरु स्प्लास स्वीमिङ पुल लगायत काठमाण्डौका विभिन्न ठाँउहरुमा खिचिएको छ ।

उक्त भिडियोका दृश्यहरु बिमल ढकालले खिचेका हुन् भने भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । एक्सन फिल्म्स प्रा. लि. को पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोको निर्देशन शुरेस पाण्डेले गरेका हुन् ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…