ग्लोबल आइएमई बैंकका ग्राहकलाई बयोधा अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालबीच हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात बयोधा अस्पताल बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत सम्म छुट पाउने छन् ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…