बुटवलमा रोट्रयाक्टको ११ औँ राष्ट्रिय सम्मेलनको तयारी सुरु

बुटवल- रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनको तयारी सुरु भएको छ ।

यहि माघ ४ र ५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने राष्ट्रिय सम्मेलनको तयारी सुरु भएको हो ।

रुपन्देहीमा रहेका रोट्रयाक्ट क्लबहरु रोट्रयाक्ट क्लव अफ बुटवल, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी,रोट्रयाक्ट क्लव अफ भैरहवा यसैगरी कपिलवस्तुबाट रोट्रयाक्ट क्लव अफ कपिलवस्तु मिडटाउन र काठमाण्डौबाट रोट्रयाक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको संयुक्त व्यवस्थापकमा सम्मेलन हुन लागेको हो ।

रोट्रयाक्ट डिस्ट्रिक नेपाल ३२९२ को ११ औ डिस्ट्रिक सम्मेलनले आगामी बर्षका लागि नयाँ कार्य समिती चयन गर्नेछ ।

सम्मेलनमा नयाँ कार्य समिती चयन गर्नुका साथै विभिन्न सत्रमा रोट्रयाक्टरहरुलाई उत्प्रेरणा तालिम सँगै क्लवले गर्ने कार्यहरुका बारेमा जानकारी गराईने जोन ११ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ ( जेड.आर.आर ) एवम् सम्मेलनका सचिव चिन्तामणी सुबेदीले जानकारी दिनुभयो ।

उहाँले माघमा हुने सम्मेलनका लागि अहिले प्रायोजक, सहप्रयोजक देखी विभिन्न संचारमाध्यम,सवारी साधन,सम्मेलनमा सहभागी हुने रोट्रयाक्टका लागि खान बस्नको व्यवस्थापन, ईन्टरनेट लगायतका विषयमा विभिन्न कार्यहरु भईरहेको बताउनुभयो ।

रोट्रयाक्टको ११ औँ सम्मेलन रुपन्देहीमा गर्न पाउनु निकै सुखद भएको भन्दै रुपन्देहीको पर्यटन क्षेत्रमा टेवा पुग्नुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन पवद्र्धनमा समेत यसले सहयोग पुर्याउने आयोजकले विश्वास लिएका छन् ।

सम्मेलनमा देशभरका १ सय २५ रोट्रयाक्ट क्लवबाट झण्डै १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । १ सय २५ वटा क्लव क्लब मध्ये रुपन्देहीमा मात्र १४ क्लब छन् ।

नेपालका विभिन्न स्थानमा हुदै आएको सम्मेलन बुटवलमा तेस्रो पटक हुन लागेको हो  । रोट्रयाक्टको १० औँ  राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…