प्रदेश नं. ५ मा दुई विधेयक संसोधनका लागि पेश

बटौली, १० पुस । प्रदेश नं. ५ प्रदेश सभाको मंगलबार बसेको बैठकमा दुई विधेयक संसोधनका लागि पेश भएका छन् । प्रदेश नं. ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ७२ घण्टा भित्र संसोधनका लागि पेश गरिएको हो ।

दुवै विधेयकलाई आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शभामा प्रस्ताव गरेका थिए । मन्त्रीले प्रस्ताव पेश गरे संगै सभामुख पुर्ण बहादुर घर्तिले दुवै विधेयकलाई सैद्धान्तिक छलफलमा लगेको थिए । जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयकमाथी हरि प्रसाद रिजाल, बैजनाथ दिपेन्द्र कुवरले भाग लिएका थिए । त्यस्तै आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसद दधिराम न्यौपाने, तुलारामम घर्ति र विष्णु प्रसाद पन्थीले भाग लिएका थिए । सैद्धान्तिक छलफलमा उठेका विषय माथी मन्त्री केसीले जवाफ दिएका थिए ।

त्यस अघि विशेष समयमा बोल्दै सांसद कृष्ण ध्वज खड्काले बजेट कार्यान्वयन नभएको बारे संसदमा प्रश्न गरेका थिए । उनले बजेट खर्च गर्न सरकारले योजनाहरु प्रस्तुत गर्नुपर्ने बताए । त्यसतै सांसद अष्टभुजा पाठकले पनि बजेट कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताए । त्यसैगरी सांसद सन्तोष पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका जग्गाधनिले क्षतिपुर्ति नपाएको बताए । त्यस्तै भुवनेश्वर चौधरीले ऐतिहासिक तालको संरक्षणका सरकार गम्भिर बन्नुपर्ने बताए ।
मंगलबारकै बैठकमा दुई वटा विधेयक संसदमा पेश भएका छन् । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले संसदमा प्रदेश नं. ५ सहकारी सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश नंं ५ बीउ, बीजन सम्बन्धी व्यवस्थ ागर्न बनेको विधेयक पेश गरेकी हुन । संसदको अर्को बैठक पुस ११ गते दिउसो बस्नेछ ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…