राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण : सभामुख

रुपन्देही, १७ पुस
प्र्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भवना बुझेर तय गर्नुपर्ने बताउनुभयो ।

प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि उठेर सहमति जुटाउनुपर्ने बताउनुभयो । “बाँके, बर्दियाजस्ता जिल्लासमेत समेट्ने गरी स्थानको टुङ्गो लगाउनुपर्छ” उहाँले भन्नुभयो, “कुन सांसदको घर कहाँ छ भन्ने आधारमा राजधानी तोक्ने विषय होइन ।”

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रदेश राजधानी रुपन्देही र नामाकरण लुम्बिनी गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । राजधानी तोक्ने विषयमा अनावश्यक ढिलाइ भएको भन्दै उहाँले रुपन्देही राजधानी तोक्ने विषयमा सबैको सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । दुई तिहाइ बहुमतबाट भए पनि राजधानीको विषय टुङ्ग्याउनुपर्ने भन्दै नेता पोखरेलले यसमा जिम्मेवार दलका नेता लाग्नुपर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको स्थायी राजधानी रुपन्देहीभन्दा अन्य विकल्प नभएको बताउनुभयो । राजधानी तोक्न ढिलाइ हुँदा अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको भन्दै उहाँले रुपन्देही राजधानी र प्रदेशको नामाकरण लुम्बिनी उपयुक्त हुने पार्टीको धारण रहेको बताउनुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट नेपाल विश्वसामु चिनिएकाले लुम्बिनी प्रदेश नै उपयुक्त हुन्छ उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका हिसाबले स्थायी राजधानी रुपन्देहीको विकल्प छैन ।”

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…