प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

विकाश पराजुली
बटौली ७ माघ । प्रदेश नं. ५ प्रदेश सभा सचिबालयको तेस्रो तल्लाको पुर्व उत्तर तर्फ दुई वटा रुम छन् । बाहिर लेखिएको छ– पुरुष डे«सिङ रुम, महिला डे«सिङ । रुम भित्र कार्पेट विच्छाइएको छ । कपडा यत्रतत्र झण्डीएका छन् ।

सुत्ने विस्तारा गोलो बनाएर कुनामा राखिएको छ । कोठाको देब्रे पट्टी लामबद्ध जुत्ताहरु मिलाएर राखिएको छ । संसदमा बैठक सुरु हुनु अघि र सकिन साथ मर्यादापालक जाने कोठा त्यहि हो । ४३ जना मर्यादापालक एकै पटक रुममा जान सकिदैन, साँघुरो छ, तीन पटक, चार पटक गरेर रुममा जानुपर्छ । “कतिपय मर्यादापालक कोठा भाडामा लिएर बस्नुहुन्छ, सवै एकै पटक जानु परे त साँघुरो छ” नाम नभन्ने सर्तमा एक जनाले भने ।
प्रदेश सरकार गठन भएको एक बर्ष नपुग्दै सांसदहरु सुविधा भोगी भइरहेको गुनासो आईरहेका बेला संसदका मर्यादापालकहरु भने सेवा सुविधा बाट बञ्चित भएको गुनासो गरेका छन् । प्रदेश सभामा खटिएका मर्यादापालकहरुको कुनै कार्यकक्ष छैन भने प्रयाप्त डे«सिङ रुम समेत छैन् ।
प्रदेश नं. ५ प्रदेश सभामा खटिएका मर्यादापालकहरु भुईमै सुत्न बाध्य भएका छन् । सांसदहरु सुविधाभोगी भइरहेको समाचार बाहिर आईरहदा मर्यादापालक भने आफुहरुलाई संसद सचिबालयले तल्लो तहको दर्जामा राखेको बताएका छन् । प्रदेश सभामा ४३ जना मर्यादापालकको दरबन्दी छ । संसद सचिबालयले भवनको अपुगको भएको भन्दै मानवधर्म सेवा समाज, महिला जेसिज, पेट्रोलियम डिलर एशोसिएसनको भवन समेत प्रयोग गरेको भएपनि मर्यादापालक भने भुईमै सुत्न बाध्य भएका छन् । यति सम्मकी मर्यादापालक पोशाक लगाएपछि ऐन हेर्न तल्लो तलामा झर्नुपर्ने अवस्था छ । संसद सचिबालयमा ३ जना सचिव फेरिएपनि मर्यादापालकको गुनासो भने कसैले सम्बोधन नगरेको गुनासो मर्यादापालकको छ ।
विषयगत समितिका बैठकमा सांसदहरुले अतिरिक्त भत्ता समेत पाउने भएपनि मर्यादापालक भने चिया समेत आफ्नै खर्चमा खाने गरेका छन् । कतिपय मर्यादापालक कोठा भाडामा बस्ने भएपनि संसद सचिबालयमा आफै मेस सञ्चालन गरी बस्नेहरु २० भन्दा बढि रहेका छन् । महिला मर्यादापालक समेत रहेको अवस्थामा साघुरो कोठाभित्र डे«स चेन्ज गर्नुपर्ने बाध्यता उनीहरुमा छ ।

मेस सञ्चालन खुल्ला स्थानमा छ भने मर्यादापालक प्रमुख गेटमै उभिएर बस्नुपर्ने अवस्था छ । सभामुख मार्फत मर्यादापालकलाई बस्ने व्यवस्था मिलाउन पटक पटक भनेपनि सुनुवाई भएको छैन् । यता संसद सचिबालयले भने आन्तारिक कुरा भन्दै त्यस बारेमा खुल्न चाहेका छैन् । निती र नियम भित्र मर्यादापालकको सेवा सुविधा रहेको संसद सचिबालयको दावी छ । सचिबालयका सचिव दुर्लभ कुमार पुन आन्तारिक विषय भएको भन्दै यस विषयलाई भने गम्भिर लिएनन् । “यो कसरी तपाई सामु विषय आयो, मलाई त अचम्म लाग्यो” उनले भने–“आन्तारिक कुरा हो ।”
सभाभुख पुर्ण बहादुर घर्तिले सुरक्षा सचिबालयका लागि बारम्बार निर्देशन दिएपनि उक्त निर्देशन सचिवले अटेर गरेको मर्यादापालक बताउँछन् ।

अन्य प्रदेशमा मर्यादापालकहरुले भत्ता समेत खाइरहदा पाँच नम्बर प्रदेशका मर्यादापालक चिया र डे«सिङ रुमको माग गरिरहेका छन् । संसदमा सुरक्षा प्रदान गर्ने मर्यादापालकको गुनासो संसद सचिबालयले खोज्न जरुरी छ ।

सचिबले हकारेपछि स्रोत गोप्य

मर्यादापालकको गुनासो लगेर सचिव दुर्लभ कुमार पुन संग प्रतिक्रिया लिदा आन्तारिक कुरा भन्दै पन्छिएका सचिबले प्रमुख मर्यादापालकलाई बोलाएर जथाभावी नबोल्न निर्देशन दिएका छन् । सचिव पुनलाई गुनासो राखेको ५ मिनेटमै प्रमुख मर्यादापालकलाई बोलाएर जथाभावी नबोल्न निर्देशन दिएको स्रोतले बताएको छ । खुल्ला रुपमा क्यामरामा गुनासो राखेका मर्यादापालकले अन्तिम पटक स्रोत लुकाउन भन्दै बारम्बार फोन समेत गरेका छन् । “सामान्य विषयलाई किन मिडिया बाजी गरेको भन्दै हामीलाई सचिबले भन्नुभयो” क्यामरामै गुनासो राख्ने एक मर्यादापालकले भने–“हाम्रो नाम नलिनुहोला ।”

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…