लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने

बुटवल, ११ माघ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने भएको छ । संघिय कार्यान्वयन ईकाईको लागतमा भवन निर्माण हुने हुने भएको छ । अहिले भवन निर्माणस्थलमा जमिन सम्माउने काम भइरहेको छ ।

२६ करोड, ५१ लाख ७५ हजार ९ सय ४ रुपैयाको लागतमा निर्माण सुरु भएको उक्त भवन ४ तलाको हुनेछ । ०७५ कार्तिक १४ गते निर्माण कम्पनी तुल्सीभक्त÷शिवसक्ति जेभी बानेश्वर काठमाडौं संग सम्भौता भई काम अगाडि बढाइएको हो । ०७७ कार्तिक १३ गते सक्ने गरी ठेक्का पाएको कम्पनीले अहिले कामलाई तिब्रता दिएको छ । उक्त भवनमा २ सय ५० बेड हुने लुम्बिनी प्रादेशिक अस्पतालका सिभिल सव ईन्जिनियर सुनील खत्रीले बताए ।

अहिले प्रसुती तथा बालबालिकाको उपचारका लागि स्थानको अभावमा सानो ठाउबाट उपचार गरिएकोमा भवन निर्माण पछि प्रसुती र बालबालिका सम्बन्धी सवै उपचार उक्त भवनबाट हुनेछ । त्यसैगरी एनआईसियू, पिआईसियू, ओपिडी, खोप केन्द्र समेत सो भवनबाट सेवा प्रदान हुनेछ ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…