अस्पताल नपाएर बिरामीको मृत्युहुने अवस्था अन्त्य हुन्छ ःमन्त्री केसी

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पदस्थापन

बुटवल माघ १०
प्रदेश नं ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सरकारले आगामी ५ वर्षमा अस्पताल नपाएर बिरामीको मृत्यु हुने अवस्थाको अन्त्य गर्ने योजना बनाएको बताएका छन ।


गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नवनिर्वाचित नेतृत्वको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री केसीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले स्वास्थ्य क्षेत्रमा गरेको योगदान प्रशंनीय रहेको बताए ।
उनले गँैतमबुद्ध सामुदायिक मुटु अस्पताललाई प्रादेशिक मुटु अस्पताल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
केसीले गौतमबुद्ध मुटु अस्पतालले एकलाख साठी हजार नागरीकलाई अन्यत्र जानबाट रोकेको उल्लेख गर्दै त्यसबाट करोडौं रकम बाहिर जानबाट समेत रोकिएको बताए ।
प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले अस्पतालले दिएको सेवा समाजका लागि उल्लेखनीय रहेको बताए । उनले समुदायको लगानीमा सञ्चालित अस्पतालले राज्यले दिनुपर्ने सेवा दिईरहेको भन्दै अझ स्तरीय बनाउन सबैको सहयोग रहनु पर्ने बताए ।
अर्का सदस्य बिष्णु प्रसाद पन्थीले अस्पताल जहा सुकैभए पनि प्रदेश सरकार र सवै पालिकाले आफ्नो अस्पतालको रुपमा पुर्वाधार युक्त बनाउन साझेदारी गर्नुपर्ने बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता दिनेशराज रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी,रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष माधव पौडेल, मुटुरोग विशेषज्ञ डा. विशाल केसी, सदस्य रामप्रसाद बस्याल, निर्वाचन संयोजक यमलाल खनाल लगायतले बोलेका थिए ।
सो अवसरमा अस्पतालद्धारा प्रकाशित स्मारिका बिमोचन गरिएको थियो ।
गत पौष १० गते सम्पन्न अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती तथा ३ सदस्यीय लेखा समिती गठन गरेको थियो भने बिभिन्न सहयोगी संस्थाहरुद्धारा पदेन ४ जना सदस्यहरु मनोनित गरि कार्यसमितीलाई पुर्णता दिईएको थियो ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…