तिलोत्तमा गोल्डकप आउदो फागुन २ गते देखि बुटवलमा

बुटवल, १९ माघ । मोफसलकै सर्वाधिक पुरानो गोल्डकप तिलोत्तमा गोल्डकप आउदो फागुन २ गते देखि बुटवलमा शुरु हुने भएको छ । तत्कालिन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरेको तिलोत्तमा गोल्डकपको यो २१ औं संस्करण हो ।

आयोजकले प्रतियोगिताको तयारी सुरु भएको बताएको छ । मोफसलकै पुरानो गोल्डकप तिलोत्तमा गोल्डकप तत्कालिन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु गरेको थियो । स्थापनाको केही बर्षपछि निरन्तरता हुन नसकेको गोल्डकप यो २० औं संस्करण हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत १९ वर्षदेखि जिल्ला फुटबल संघले संचालन गर्दै आएको छ । पछिल्ला केही बर्षयता निरन्तर हुदै आएको छ ।

२१ औं संस्करणमा तीन विभागीय टिम सहित बिभिन्न ए डिभिजनका क्लवहरुको समेत सहभागिता रहने रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घ बहादुर केसीले जानाकारी दिए ।
फागुन २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकको सहजतका लागि चार हजार क्षमताको अस्थायी प्याराफिट निर्माण सूरु गरि सकिएको छ । २१ औं संस्करणमा तिलोत्तमा गोल्डकपको विजेताले ८ लाख ८० हजार रुपैया नगद सहित कप पाउनेछ भने उपविजेताले ५ लाख ५० हजार रुपैया पाउने छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल उपहार पाउनेछन् भने विद्यागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रले २५ र २५ हजार नगदबाट सम्मानित हुनेछन् । उपमहानगर पालिका समेत यस क्षेत्रलाई खेलकुद हव बनाउने गरी निर्माणका योजनाहरु थालेको नगरप्रमुख शिवराज सुवेदीले जानाकारी दिए ।
तिलोत्तमा गोल्डकपको २० औं संस्करणको उपाधि थ्रि स्टार क्लव काठमाण्डौले जितेको थियो । भने २०३४ साल र ५३ सालमा भारतीय फुटवल क्लवले जितेको थियो । २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद रुपन्देही विजयी भएको थियो भने दोश्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेश्रँे, नवौं, दशौं, र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैठौंमा कालिका स्पोर्टिङ क्लब, सातौ जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यसै आठौंमा आरएनएसी, एघारौं महिन्द्रा एण्ड महिन्द्रँ मुम्बई, बाह्रँै र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब र सत्रौमा जावलाखेल युथ क्लब र उन्नाईसौमा सिएमसि संकटाले उपाधी जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न ९७ लाख खर्च अनुमान गरिएको छ ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…