बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता हुने

बुटवल, २३ माघ । रुपन्देहीमा दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा फागुन ११ गतेबाट दोस्रो संस्करणको प्रतियोगितामा हुने भएको हो ।

बुधबार लन टेनिस कोर्टमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ११ देखि १६ गतेसम्म प्रतियोगिता संचालनको तिब्र तयारी गरेको अध्यक्ष नेपाल टेनिस संघका सदस्य अशोक गुरुङ्गले बताए । उनले विभिन्न उपसमितिहरु निमार्ण गरेर काम अघि बढेको उनले बताए ।प्रतियोगिताको मेन्स सिगलतर्फको विजेताले कपसहित ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि महिला सिगलतर्फको उपाधि विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार,कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि मेन्स सिगल ३५ प्लसतर्फ प्रथमलाई नगद ३५ हजार र दोस्रो नगद २० हजार, मेन्स डबल्स ३५ प्लसतर्फ प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ४५ प्लसको प्रथमलाई नगद २० हजार र दोस्रोले नगद १० हजार, मेन्स डबल्स ४५ प्लस प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ५५ प्ससको प्रथमलाई नगद २० हजार र दोस्रोलाई नगद १० हजार तथा मेन्स डबल्स ५५ प्लसको प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

संघका सचिव गोपाल ज्ञवालीले काठमाण्डौ, ललितपुर, कास्की र बुटवलसहित आर्मीका बिचम खेलिदै आएको यो खेलको पछिल्लो समयमा आम नागरिक र युवा वर्गमा आर्कषण बढेको बताए । प्रदेशस्तरमा ३, ४ र ५ यो खेल बढी खेलिने गरेको छ ।

कार्यक्रममा संघका सल्लाहकार अर्जुनमान सैजु, देवसिद्ध टोल समितिका अध्यक्ष पूर्णानन्द गीरिले बोलेका थिए ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…