प्रदेश विकास परिषद्को प्रथम बैठक बुटवलमा सम्पन्न

बुटवल, २३ माघ । प्रदेश विकास परिषद्को प्रथम बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकको उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए ।

सोही अवसरमा बोल्दै उनले प्रदेशको समृद्धि विकासका लागि आवश्यक भौतिक पुर्वधार विकास र रोजगारमुलक कार्यक्रमलाई सरकारले प्राथमिकता राखेको बताए । कृषि, पर्यटन, उद्योग र जल जमिन बाट समृद्धि प्रदेशको परिकल्पना गरिएको भन्दै कृषिलाई आद्युनिकिरण र व्यवसायीक बनाउनुपर्ने तथा उद्योगमा विदेशी लगानी भित्राउनुपर्ने उनले बताए । पर्यटकलाई आर्कर्षित बनाउन र बसाई लम्बाउन व्यवसायीहरुले हस्पिलाटिको सोच बनाउनुपर्ने बताए । उनले प्रदेशको आरम्भ कृषि बाट गर्ने र उत्कर्स पर्यटन बाट गर्ने भन्दै त्यसका लागि हस्पिलाटिको व्यवस्था गर्न नसकेको बताए ।

उनले उद्योगका निती बनाउँदा विदेशी बस्तुको प्रतिस्थापन गर्ने गरी निती बनाउने बताए । उनले त्यसो गरे मात्र औद्योगिक विकास हुने बताए । शिक्षामा एकरुपता र स्वास्थ्यमा सवैको पहुँच पुराउने गरी योजना बनाएको समेत बताए । बैठकमा प्रदेश नंं ५ को प्रथम आवधिक योजनाको आधारपत्रको मस्यौदा माथी छलफल समेत गरिएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले आवधिक योजनाको आधारपत्र तयार गर्दा आर्थिक, सामाजिक, पुर्वधार, सुसासन र सुरक्षा, अन्तर सम्बन्धित क्षेत्र समेटेर बनाइएको बताए ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…