प्रदेश न ५ का ६ जना सांसदले प्रदेश सभा सचिबालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा

बुटवल, २४ माघ । रुपन्देहीमा घर भएका ६ जना सांसदले प्रदेश सभा सचिबालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा गरेका छन् । घरभाडा बापत प्रदेश सभा सचिबालयले प्रति सांसद १५ हजार रुपैया दिदै आएको थियो ।

प्रदेश सभा स्थापना भएको एक बर्ष सम्म घरभाडा बापतको रकम थाहै नपाई खातामा गएको भन्दै नेकपाका ६ जना सांसदले घरभाडा वापतको रकम नलिने बताएका हुन । उनीहरुले प्रदेश सभा सचिबालयमा भाडा वापतको रकम नलिने भन्दै हस्ताक्षार समेत गरेका छन् । नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरु भोज प्रसाद श्रेष्ठ, डा . कृष्ण न्यौपाने, तुल्सी चौधरी र कमला वि.क.ले घरभाडा बापतको रकम नलिने नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।
प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । त्यसपछि मात्र सांसदहरुले घरभाडा वापतको रकम नलिने भएका हुन । एक बर्ष सम्म प्राप्त गरेको रकमलाई भने सामाजिक कोष बनाउने योजना रहेको सत्तापक्षका सांसदहरुले बताएका छन् । । त्यस्तै रुपनदेही जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा,विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायतका सांसदरू भने भाडामा बस्दै आएकाले घर भाडा बापतको रकम लिएको बताइएको छ । संघीय सांसदहरूमा पनि यो विषय उठेपछि केही सांसदहरूले बुझदै आएको घरभाडा फिर्ता गरेका थिए । भाडाको विषयमा कांग्रेस सांसदहरूले कुनै निर्णय गरेका छैनन । ८७ सदस्यीय प्रदेशसभा रूपन्देहीबाट १ जना मन्त्री सहित १८ सांसदहरूले प्रतिनिधित्व गर्छन ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…