बुटवलको सुन्दरता थपिदै’ एक वडा एक हरियाली पार्क

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ‘एक वडा एक हरियाली पार्क’ निर्माण कार्य शुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले अगाडि बढाएको हो । वडामा भएका पार्कलाई व्यवस्थित गर्ने र नभएका स्थानमा हरियाली पार्क निर्माण गर्ने काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा पार्क निर्माणका लागि रु एक करोड १२ लाख बजेट विनियोजन गरिएको उपमहानगरपालिकाका पर्यटन प्रवद्र्धन शाखा अधिकृत कल्पना अर्यालले जानकारी दिइन । प्रदेश सरकारसँगको सहकार्यमा हिलपार्क, रामापिथेकर्स पार्क र मणिमुकुन्द पार्क व्यवस्थापनका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार सहरी सौन्दर्यकरणका लागि राजमार्ग छेउछाउमा फूलबारी निर्माण गरी शहरलाई थप सौन्दर्यकरण गर्ने काम गरिनेछ । हरियाली व्यवस्थापन, सौन्दर्यकरण र वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गरिने शाखा अधिकृत अर्यालले बताइन । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरभित्रका पार्कलाई विधागत रुपमा विकास गर्ने र नभएका वडामा पार्क निर्माण गर्ने योजना बनाएको बताए । पर्यटकको आकर्षका लागि बुटवलको हिलपार्कमा बुद्धको ठूलो मूर्ति स्थापना गर्दै छौ, उनले भने, “मणिमुकुन्दसेन उद्यान फूलबारीलाई ऐतिहासिक पार्कको रुपमा विकास गर्दैछौँ ।” यहाँका प्रत्येक वडामा पार्क निर्माण गरेर स्वच्छ र सुन्दर बुटवल बनाउने अभियानमा लागेको प्रमुख सुवेदीले बताए ।

यहाँका पार्क आन्तरिक पर्यटकको मुख्य आकर्षणको थलो बन्दै गएकाले यसको दिगो विकासका लागि सबै लाग्नुपर्ने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको भनाई छ । “हाम्रो बुटवल, समृद्ध बुटवल निर्माणका लागि उपमहानगरले पार्क निर्माणको योजना बनाएको छ, यसको व्यवस्थापन र सरसफाइमा स्थानीयवासीले पनि साथ दिनुपर्छ”, उनले भनिन ।

प्रदेश सरकारको सहयोगमा नगरमा रहेका हिलपार्क, मणिमुकुन्द सेन उद्यान, मिलन पार्क, ग्लोबल पिस पार्कको स्तरीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर हरियाली तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपमहानगरपालिकाका वरिष्ठ अधिकृत डोलराज पौडेलले जानकारी दिए ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…