पाँच नम्बर प्रदेशमा नयाँ शक्ति पार्टीको ज्ञापन पत्र, गाडी खरिददेखी प्रदेश आयोग गठन सम्मको बिरोध

माघ २५, बुटवल – नयाँ शक्ति नेपाल ५ नम्बर प्रदेश समितिले प्रदेशमा सुशासन कायम गर्न माग गरेको छ । नयाँ शक्ति पार्टीको गाडी खरिद प्रकरण देखी प्रदेश आयोग गठन सम्मको बिरोध गरेको छ ।


पार्टीले सिधै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउन नपाएर पत्रकार सम्मेलन गरी ज्ञापनपत्र सार्वजनिक गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालका प्रदेश संयोजक कमल खनालले प्रदेश सरकारका कामकारबाही जनमुखी एवं सुशासन र सदाचारयुक्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनले मुख्य मन्त्रीले पटक पटक समय माग गर्दा पनि ज्ञापनपत्र बुझाउनको
लागि समय नदिएको र आज दिउसो १२ बजे समय तोकीए पनि मुख्यमन्त्री कार्यालय पुगेपछि फिर्ता पठाएको बताए ।
पत्रकार सम्मेलनमा प्रदेश सरकार र प्रदेश सचिवालयले खरिद गरेको २३ करोडको गाडी खरिद प्रकरणमा अनियमितता भएकाले तत्काल छानबिनको माग गरिएको छ ।
त्यसैगरी, प्रदेश सरकारले गठन गरेको विकास परिषद् दलीय कार्यकर्ता भर्ति केन्द्र भएकाले त्यस्ता आयोग, परिषद् गठन गर्दा दलीय आधारभन्दा विज्ञता र सक्षमतालाई ध्यान दिन समेत आग्रह गरिएको छ


प्रदेशका सरकारी कार्यालयमा हचुवाका भरमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, बजेटको स्वविवेकीय प्रयोग गर्ने, विना अध्ययन करका दर बढाएर नागरिकको ढाड सेक्ने गतिविधि नगर्न समेत नयाँ शक्ति पार्टीले प्रदेश सरकारसँग माग गरेको छ ।
प्रदेशका भूमिहीन तथा अतिविपन्न परिवारका लागि आवासको प्रबन्ध गर्न, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने, अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरी राजस्व संकलनलाई व्यवस्थित गर्न तथा प्रदेश सभाले सेवासुविधाकै लोभमा अनावश्यक रुपमा संसदीय समिति थप गरी प्रदेशलाई आर्थिक रुपले बोझिलो बनाउने काम बन्द गर्न समेत माग गरिएको जनाएको छ ।
पार्टीले स्थानीय तहमा जनमुखीभन्दा पनि आफ्नै सेवासुविधामा जनप्रतिनिधि केन्द्रित भएको र संघीय सरकारले बनाउन लागेको शान्ति सुरक्षा कायम सम्बन्धी नयाँ कानूनमा नागरिकले गर्ने प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधान राख्न लागिएकोप्रति असहमति प्रकट गर्दै पार्टीले राखेका मागप्रति प्रदेश सरकार जिम्मेवार नभए सशक्त आन्दोलन समेत गर्ने चेतावनी दिएको पत्रकार सम्मेलनमा पार्टीका नेता यज्ञ पोखरेलले बताए ।यस्तै भोलि देखी नै यो प्रदेशमा सवै जिल्लामा मिडयामार्फत गाडी खरिदको बिषय धारण नयाँ शक्ति पार्टीका नेताहरु राख्ने बताएको छ ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…