फागुन १ गते बाट बुटवलमा चौंथो शहीद स्मृति कप फुटबल प्रतियोगिता हुने

२५ माघ, बुटवल । २३ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा चौंथो शहीद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

शहीद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा बुटवलमा फागुन १ गतेबाट रामनगर खेलमैदानमा हुने प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख एक हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार पाँच सयसहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष योगेन्द्र गौतमले बताए ।

कार्यक्रममा मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिकाका अध्यक्ष विकास जंग बस्नेतले युवाहरुको आर्कषणका रुपमा खेलकुदलाई जोडेर कार्यक्रमहरु गर्दे प्रयासहरु भैरहेको बताए ।

कार्यक्रममा प्रचार विभाग संयोजक विजय आचार्यले फर्साटिकर एकेडेमी, फर्साटिकर फुटबल क्लब, सयपत्री युवा क्लब, सुनौलो संगम युवा क्लब, संयुक्त युवा क्लब, सिद्धार्थ युवा क्लब चपरहटी, नवयुवा क्लब, माउण्ट स्टार युथ क्लब, देशभक्त युवा क्लब नवलपरासी र नवलपरासी ११ गरी १० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने बताए ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने छन्् । प्रतियोगिता संचालनका लागि पाँच लाख खर्च हुनेछ भने खेल बुटवल रामनगर मैदानमा हुनेछ ।

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…