बृद्ध अवस्थामा स्याहार नपाउने आमा बुवाहरुका लागि कपिलबस्तुमा बृद्धा आश्रम निर्माण

बुटवल, २६ माघ । छोरा छोरी नभएकै कारण बृद्ध अवस्थामा स्याहार नपाउने आमा बुवाहरुका लागि कपिलबस्तुको नन्दनपुरमा स्याहार केन्द्र निर्माण भएको छ । बुद्ध बृद्धा आश्रम नाम दिएको आश्रम अहिले निर्माणधिन अवस्थामा छ । डेढ विघा क्षेत्रफलमा फैलिएको बृद्धा स्याहार केन्द्रको अहिले ५० प्रतिशत काम भइसकेको छ ।


कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. २ नन्दनपुरमा निर्माण भइरहेको बुद्ध बृद्धि आश्रम १८ कोठाको छ । अत्याधुनिक सुविधा सम्पन्न हुने आश्रममा महिला र पुरुष गरी ३० जना राख्न सकिनेछ । बृद्ध फाउण्डेसन यू.के को संयोजन तथा एनआरएन यु.के र कपिलबस्तु सेवा समाज यु.के को संयुक्त सहयोगमा १ करोड २५ लाखको लागतमा बृद्धा आश्रम बन्न लागेको छ । फाउण्डेसनले विभिन्न च्यारेटी सो गरेर पठाएको रकमले यो आश्रम बन्न लागेको बृद्ध फाउण्डेसन यु.के का अध्यक्ष दिपक श्रेष्ठले बताए । “हामीले बृद्धाहरुलाई स्याहार गर्नकै लागि आश्रममा निर्माणमा लागेका होईनौ” उनले भने–“हामीले समाजमा देखेका भोगेका आधारमा बृद्ध अवस्थामा आमा बुवाहरुलाई स्याहार गर्ने उद्देश्यले निर्माण गरेका हौ ।”
कैलाश आश्रम धार्मिक बन क्षेत्रमा रहेको निर्माणधिन आश्रममा अहिले सम्म ५३ लाख रुपैया खर्च भइसकेको छ । स्वास्थ्य उपचार, नर्सिङ, मनोरञ्जन सहितको सुविधा सम्पन्न बृद्धा आश्रम चालु आर्थिक बर्षमा सक्ने गरी काम भइरहेको छ । छोरा छोरी नभएर बृद्ध भएका आमा बुवालाई आश्रममा प्राथमिकता दिएर राखिने फाउण्डेसनका नेपाल अध्यक्ष रविराज ज्ञवालीले जानकारी दिए ।

रोजिरोटीका लागि विदेश गएका युवाहरुले रकम जम्मा गरेर स्याहार केन्द्रको निर्माण सुरु गरेपनि स्थानिय र प्रदेश सरकारले स्याहार केन्द्रको निर्माणमा चासो नदिएको गुनासो फाउण्डेसनको छ । फाउण्डेसनले शनिबार एक कार्यक्रमको आयोजना समेत गरी हाल सम्मको आयव्यय समेत सार्वजनिक गरेको छ । फाउण्डेसन नेपालका कोषाध्यक्ष दिनेश श्रेष्ठले अहिले सम्म ५३ लाख रुपैया खर्च भएको जानाकारी दिए । कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेल, कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएतले बोलेका थिए ।

 

 

भर्खरै प्रकाशित

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा…

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार…

नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै…

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख,…

नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा…