टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा बाट बुटवल तर्फ आउँदै गरेको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते भएका हुन ।

भैरहवा बाट बुटवल तर्फ आउँदै गरेको लु २ ख २१५७ नंं टिप्परले सोही दिशा बाट आएको लु ४२ प ५१२७ नम्बरलाई मोटरसाईकल ठक्कर दिदा मोटरसाईकलमा सवार तिलोत्तमा मणिग्रामका मोटरसाईकल चालक १९ बर्षिय रसिस पाण्डे र पछाडि सवार सोही स्थानका १८ बर्षिय धिरज न्यौपाने घाईते भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जानाकारी दिएको छ ।

घाईते दुवै जनाको क्रिमशन अस्पतालमा उपचार भइरहेको बताइएको छ । पाण्डेको अनुहारमा चोट लागेको बताइएको छ । मोटरसाईकललाई ठक्कर दिएपछि सो क्षेत्रमा केही बेर तनाब उत्पन्न समेत भएको थियो । आक्रोशित स्थानिय जनताले दुई वटा टिप्परमा ढुंगा समेत प्रहार गरेको प्रहरीको भनाई छ । ठक्कर दिने टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology