रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास प्रतिष्ठान बन्दै

बुटवल, ७ फागुन । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । जसको अवलोकन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गरेका छन् ।


सैनामैना नगरपालिका वडा नं. ७ लम्टैयामा सिप विकास प्रतिष्ठान बन्ने भएको छ । नेपाल सरकारले देशभरका विभिन्न तिन वटा स्थानमा केन्द्रीय स्तरको सिप प्रशिक्षण केन्द्र अन्तर्गत सैनामैनामा सिप विकास प्रतिष्ठान बन्ने भएको हो । सैनामैना नगरपालिका उपलब्ध गराइएको ६० विघा क्षेत्रफलकोमा बन्नेछ । नेपालको नारायणी नदी पश्चिम देखि धनगढी सम्मका हजारौ युवाहरुलाई सिप प्रदान गर्ने उद्देश्यले प्रतिष्ठान सैनामैनामा निर्माण हुने श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज विष्टले बताए ।

“नेपालमा रोजगारका अवसर भएपनि सिप नहुँदा आर्थिक विकास हुन सकेको छैन, यस्ता सिप केन्द्र निर्माण भएपछि नेपाली बजारमा माग हुने सिप संगै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने सिप हामीले सिकाउने छौ” मन्त्री विष्टले भने । उनले मन्त्रीपरिषद्को निर्णय भइसकेको र जग्गा सरकार माताहातमा आउन साथ काम सुरु गर्ने बताए ।
नेपाल सरकारको दिर्घकालिन योजना अनुसार एउटा पालिकाका एउटा सिप प्रशिक्षण केन्द्र निर्माण गर्ने थप लक्ष्य समेत लिएकोले सैनामैनाको उक्त प्रशिक्षण प्रतिष्ठानले सिप युक्त जनशक्ति तयार गर्नेछ । स्वदेशमा नै सिप सिकेर केही गर्न चाहने युवाहरुलाई दक्ष बनाउने गरी व्यवहारिक तालिम प्रतिष्ठान बाट प्रदान हुनेछ । सिप विकास प्रतिष्ठान पछि सैनामैनाको बृहत्तर विकासमा टेवा पुग्ने आशा नगरपालिकाको छ । अहिले सैनामैना नगरपालिकाले जग्गाको लालपुर्जा नेपाल सरकारलाई दिने गरी काम अगाडि बढाइसकेको छ । “यो निर्माणको काम सुरुभएपछि सैनामैनाको विकासमा समेत महत्वपुर्ण टेवा पुग्ने अपेक्षा हामीले गरेका छौ” सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले भने ।

                       सिप विकास प्रतिष्ठान बन्ने स्थलको अवलोकन गर्दै मन्त्री विष्ट, नगरप्रमुख चित्र बहादुर कार्की लगाएत ।

करिव १ सय विघा क्षेत्रफलमा आवशिय सुविधा सहितको पहिलो चरणमा मध्यममस्तरको तालिम युवाहरुलाई प्रदान गरी सोही अनुसारको दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य छ । जसमा आवशिय सुविधा सहितको तालिम प्रतिष्ठान (प्रशिक्षण केन्द्रं)को समेत परिकल्पना गरिएको छ । नगरपालिकाबाट प्रदान गरिएको ६० विघा जग्गा अपुग भएमा थप जग्गा समेत प्रदान गर्न नगरपालिका तयार रहेको बताएको छ । जग्गा प्राप्तीको चरण सकिएपछि परियोजनाको विस्तृत योजना सर्भेक्षण प्रतिवेदन (डिपीआर) बनाउन सुरु गरिनेछ ।
आगामी बजेटमा बृद्धा भत्ता ५ हजार
सोही कार्यक्रममा बोल्दै मन्त्री विष्टले आउने बजेटमा बृद्धा भत्ता ५ हजार पुराउने बताए । “हामीले निर्वाचनको बेलामा गरेको सवै बाचा ५ बर्ष भित्र पुरा गरेरै छाड्छौ” मन्त्री विष्टले भने–“एक बर्षमै विकास खोई भनेर औला ठाडो बनाउनेलाई केही भन्न सकिदैन” । उनले अहिलेको बर्ष निति निर्माणको बर्ष भएकाले अब सरकारले दुई बर्षमा विभिन्न योजना शिल्यानास तथा निर्माण प्रारम्भ गर्ने र ५ बर्ष भित्र जनताले आभास हुने गरी विकासले फट्को मार्ने समेत बताए ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology