अत्याधुनिक सपिङ कम्पलेक्स बनाउँदै बुटवल उपमहानगर

६ फागुन, बुटवल । बुटवलमा पार्किङको समस्या हल गर्न उपमहानगरपालिकाले पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बनाउने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको अत्याधुनिक भवन बनाउने गरी नगर विकास कोषसँग सम्झौता भएको छ ।


बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।१० करोड ८४ लाख रुपैयाँको कुल लागतमा बन्ने सो भवनको निर्माण कार्य वैशाखबाट सुरु हुने र तीन वर्षमा पूरा गर्ने सम्झौतामा उल्लेख छ ।

पार्किङसहितको सपिङ् कम्पलेक्स निर्माणले बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन र दिगो आयस्रोतको आधार बन्न महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख सुवेदीले बताए ।

कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु समयमै प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्ने छ ।

बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले खर्च गर्ने छ ।कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर बन्नेछन् ।

श्रोत : अनलाइन खबर 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology