बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि चुनिएपछि के–के काम भए ?

(१८ महिनाको अवधिमा सम्पादन गरेका महत्वपूर्ण काम)
–     स्थानीय सरकारको रुपमा बुटवल उपमहानगरपालिकाको कार्य सञ्चालन देखि लिएर संविधान पद्धत अधिकारहरु प्रयोग गर्न तद्नुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता सहित ४६ वटा कानूनहरु निर्माण गरी कार्यान्वयनमा ल्याउने मुलुककै अग्रणी स्थानीय सरकार बनेको छ ।
–     न्यायिक समितिको गठन र त्यसको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निति तथा कानून निर्माण गरी विवाद मिलाउने न्यायिक काम गर्न अदालत÷इजलासको निमार्ण गदै इजालस मार्फत नियमित रुपमा न्याय निरुपण गर्ने मुलुककै उदाहरणिय स्थानिय तह बनेको छ । न्यायिक समितिको गठनपछि हालसम्म १८१ विवादका निवेदनहरुलाई मेलमिलापको माध्यमबाट समाधान गरिएको छ भने पारिवारिक झगडा, लेनदेन, घर बहाल सम्झौता, जग्गा विवाद जस्ता न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने गरी दर्ता भएका जम्मा २४ मुद्दाहरुमा १८ वटा मुद्दाहरुको फछ्यौंट भई चालु अवस्थामा ६ वटा मुद्दाहरु रहेका छन् ।
–     विज्ञ समूह, बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व, राजनितिक दलका प्रतिनिधीहरु, संघसस्था, टोल तथा वडावासी र अन्य सरोकारवालाहरुसंगको विभिन्न चरणका भेला, छलफल, अन्तरक्रिया र बैठक मार्फत राय तथा सुझाव संकलन गर्दै ५ वर्षे आवधिक तथा १५ वर्षे दिर्धकालिन गुरुयोजना निर्माण गर्ने मुलुककै अग्रणी स्थानीय सरकार बनेको छ ।
–     विपद व्यवस्थापनका निम्ति आवश्यक पुर्व तयारी भण्डारण केन्द््रको निर्माण गर्दै विपद व्यवस्थापन तथा जलवायु उत्थानशिल गुरुयोजना निर्माण गर्ने मुलुककै अग्रणी स्थानीय सरकार बनेको छ ।
–     उपत्यका देखी बाहिर पहिलो पटक बुटवलमा विद्मुतिय घरनक्शा पास प्रविधि (ईबिपिएस) कार्यान्वयनमा ल्याउदै ईबिपिएसको प्रभावकारी कार्यान्वयन मार्फत घरनक्शा सम्बन्धी कार्य सञ्चालन गर्ने मुलुककै उदाहरणीय स्थानीय सरकार बनेको छ ।
–     १००० वर्ग फुट सम्म बन्ने एकतले घरको रु ५,००० तथा दुई र तिन तले घरको रु ८,००० सेवा शुल्क लिने गरी न्यूनतम मूल्यमा सेवाग्राहीको घरनक्शा निर्माण सम्बन्धी कामको प्रभावकारी कार्यान्वयन गरिरहेको मुलुककै पहिलो स्थानिय सरकार बनेको छ । जस अन्र्तगत २०७५ भदौ देखी सेवा सञ्चालन गर्दै हालसम्म ७२ वटाको घरनक्शा निर्माण गर्ने काम सम्पन्न भएको छ भने करिब १० वटा प्रक्रियामा रहेको छ ।
–     किसानलाई धान घितो राखी सहकारी मार्फत सहुलियत दरको ऋण उपलब्ध गराई कार्यान्वयनमा ल्याउने मुलुककै पहिलो स्थानिय सरकार बनेको छ । जस अन्र्तगत हालसम्म करिब २० जना किसानहरुले धान धितो राखी सहुलियत दरको ऋण लिएका छन् ।
–     ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको घरदैलोमा चौमासिक रुपमा गएर निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने र नगरका स्वास्थ्य संस्थाहरुबाट निशुल्क सुगरको जाँच गर्ने मुलुककै पहिलो स्थानिय सरकार बनेको छ । यसका साथै स्वास्थ्य चौकी नभएका वडाहरुमा वडा स्तरीय स्वास्थ्य क्लिनिक स्थापना गरी सञ्चालन गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र निर्माण गरी वितरण गर्ने काम भएको छ ।
–     सेवाग्राहीका विभिन्न समस्या तथा गुनासाहरुलाई सम्बोधन गर्न नगरकार्यपालिकाका सदस्यहरु प्रत्यक्षरुपमा रहने जनप्रतिनिधी सेवाग्राही सेवा कक्षको स्थापना गरी कार्यान्वयनमा ल्याउने मुलुककै पहिलो स्थानिय तह बनेको छ ।
–     बुटवलको मुख्य राजमार्ग र बजार क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याउने काम भएको छ ।
–     नगरका विभिन्न क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका होडिङ्ग बोर्डहरु विस्थापन गरी बुटवलका होडिङ्ग बोर्डहरु एकै साइज सहित डिजिटल प्रणालीमा लिएर जाने कामको शुरुवात गरिएको छ ।
–    नगर प्रमुख युवा इलम कार्यक्रम अन्र्तगत सरोकारवाला निकायहरुसंगको सहकार्यमा कोर्स डिजाइन गर्ने, वडा स्तरबाट तालिम लिन चाहने व्यक्तिहरुको छनौट गर्ने र तालिम प्रदायक संस्थाहरु संग सम्झौता गर्ने काम सम्पन्न गरी ३५० जना युवालाई ३ महिने विभिन्न सिपमूलक तालिम प्रदान गर्ने काम सम्पन्न भएको छ । यसका अतिरिक्त उपप्रमुख युवा उद्यम कार्यक्रम, नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम, उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लगायतका नौला योजनाहरु कार्यान्वयनको प्रक्रियामा रहेका छन् ।
–     न्क्ष्क् द्यबकभम म्ष्नष्तब िःभतचष्अ क्थकतझ ज्यगकभ ल्गmदभचष्लन ःबउ प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४०,००० भन्दा बढी घरहरुको डिजिटल प्रविधिमा आधारित घर नम्बरी¨ गर्ने काम सम्पन्न गर्दै त्यसको बाँकी काम शुरुवात गर्ने प्रक्रिया अगाडी बढेको छ ।
–     उपमहानगरपालिका कार्यालयमा जनप्रतिनिधी आउन भन्दा अगाडि २०७४ साउन १ गते सम्ममा बुटवल उपमहानगर क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु मध्ये ७,२४६ व्यवसायहरु मात्र उपमहागरपालिकामा दर्ता भएको परिस्थितीमा दर्ता हुन नआएका व्यवसायीहरुलाई दर्ता पक्रियामा ल्याउनका लागि छुट प्रदान गर्दै विभिन्न समयमा निकालेको सूचनाका आधारमा २०७५ माघ मसान्त सम्ममा करिब ६,२०८ नयाँ व्यवसाय दर्ता हुन आई हालसम्म १३,४५४ व्यवसाय दर्ता भएको छ ।
–    बुटवललाई मानवताको शहर बनाउने उद्देश्य अनुरुप बुटवल क्षेत्रमा रहेका सडक मानवहरुको पुनःस्थापना गर्नका लागि मानवसेवा आश्रम संगको सहकार्यमा आश्रमको सञ्चालन गर्ने काम भएको छ ।
–    निर्माण साम्रागीहरुको गुणस्तर परिक्षण गर्न प्रयोगशालाको भवन निर्माण र आवश्यक प्रविधिहरुको व्यवस्थापन गर्ने काम सम्पन्न गर्दै सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।
–     अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिन मार्फत नापजा“च गर्ने प्रक्रिया अगाडी बढाईएको छ ।
–     भ्रष्टचारमा शुन्य सहनशिलता कायम गर्दै सुशासनको प्रत्याभूति दिन नक्शा, राजस्व, पंजिका लगायत सेवामा वडा स्तरमा समेत विद्युतिय प्रणाली लागु गरिएको छ ।

शिक्षा

–     उजिँरसिह माविमा ए र बि ब्लक भवन निर्माण गर्ने, बुटवल बहुमुखी क्याम्पस लगायत अन्य ४ वटा सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा मर्मत संम्भार गर्ने, तामनगर सामुदायिक सिकाई केन्द््रलाई सूचना केन्द््रको रुपमा स्त्तरोन्नती गर्ने तथा लुम्बिनी वाणिज्य क्याम्पसमा पुस्तकालय स्थापना गर्ने काम सम्पन्न भएको छ ।
–    बिटिआईको भौतिक पूर्वाधार विकास, प्रविधि तथा उपकरण व्यवस्थापन र पाठ्यक्रम सुधारका लागि नर्वेजियन संस्थासंग सम्झौता गरी काम अगाडी बढाउने, कालिका मानवज्ञानको गुरुयोजनालाई अगाडी बढाउने तथा वाणिज्य क्याम्पसलाई ड््िरम विश्वविद्मालयका रुपमा अगाडी बढाउन योजना निर्माण गर्ने काम भईरहेको छ ।
–    शैक्षिक संम्गोष्ठी मार्फत नगरको शिक्षालाई सुधार गर्नको लागि नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानिय पाठ्यक्रम निर्माण कार्यदल, प्राविधिक शिक्षा योजना निर्माण कार्यदल मार्फत नगरको शिक्षा योजना निर्माण गर्ने काम तिव्ररुपमा भईरहेको छ ।

स्वास्थ्य

    भौतिक पूर्वाधार निर्माण, दक्ष जनशक्ती व्यवस्थापन, भिडियो एक्सरे सेवा र ल्याबको व्यवस्थापन मार्फत सेवा विस्तार गरी नयाँगाउँमा रहेको नगर स्वास्थ्य केन्द््रलाई नगर स्वास्थ्य प्रर्वद्धन केन्द््रका रुपमा विकास गर्ने, सेमलार स्वास्थ्य चौकी तारबार र बाटो ग्राभेल तथा मोतिपुर स्वास्थ्य चौकीमा कम्पाउण्ड वाल निर्माण र रंगरोगन सहित स्वास्थ्य चौकीहरुको भौतिक स्त्तरोन्नती गर्ने काम सम्पन्न भएको छ ।
–     बुटवल उपमहानगरपालिकाको स्वास्थ्य संस्थाहरुलाई लाई आवश्यक पर्ने खोपहरुको सुरक्षित भण्डारण गर्न आम्दा अस्पतालमा खोप भण्डारण केन्द््रको स्थापना गरी सञ्चालनमा ल्याउने, लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा ल्याब स्थापना र योग एवंम पंचकर्म हलको निर्माण गर्ने तथा मोतिपुर र सेमलार स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने काम सम्पन्न भएको छ ।
–     बुटवलको स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनका लागि सार्वजनिक निजि साझेदारीमा प्लान्टको निर्माण गर्ने, नहरपुर स्वास्थ्य केन्द््रको स्त्तरोन्नती गर्ने, नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा ल्याब सञ्चालनमा ल्याउने तथा स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार, दक्ष जनशक्ति र प्रविधिको व्यवस्थापन गर्ने योजना अनुरुप कामको शुरुवात भएको छ ।

खेलकुद

–    वडा न. १३ मा अन्तर्राष्ट्रिय स्तरको उजिँरसिह जवई फुटबल रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी प्रदेश सरकारको सहयोगमा निर्माण प्रक्रिया अगाडि बढेको छ ।
–     सेमलारमा आधुनिक कर्वडहल निर्माण गर्ने तथा सिद्देश्वर, रामनगर, तामनगर, नहरपुर र सेमलार समेत गरी विभिन्न वडाका खेलमैदानहरुलाई स्त्तरोन्नती गर्ने काम भईरहेको छ ।

खानेपानी, सरसफाई, फोहोरमैला व्यवस्थापन तथा हरियाली प्रर्वद्धन

–     नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वडा नम्बर ७ र ८ मा पाइपलाइन विस्तार गरी तिनकुनेको पानी प्रयोग गरेर अस्थायी खानेपानी वितरण गर्नेे, नगरका विभिन्न वडाहरुमा उपभोक्ता समिति मार्फत करिब ३,१०५ मिटर खानेपानी पाइपलाइन विस्तार तथा मर्मत गर्ने, चन्द््रनगर टोलमा डिप बोरिङ्ग गाड्ने, फुलबारी खानेपानी आयोजनाको पाइपलाइन विस्तार तथा टंकी निर्माण गर्ने र नगरमा खानेपानी वितरणका लागि टयाङकर खरिद गर्ने काम सम्पन्न भएको छ ।
    नेपालगंज रोड, पशु सेवा केन्द्र परिसर गोलपार्क र सामुदायिक विद्यालयमा गरेर १२ वटा सार्वजनिक शौचालय निर्माण गर्ने, रामनगर कम्पोष्ट मल प्लान्टमा ट्रान्सर्फमर तथा लाइन विस्तार गर्ने तथा कम्पोष्ट प्लान्टको भौतिक स्त्तरोन्नती गरी पुनःसञ्चालनको तयारीमा ल्याउने र नगरको फोहोर मैला संकलनका लागि टयक्टर खरिद गर्ने काम भएको छ ।
–     विभिन्न वडाका नालीहरु खन्ने, माटो ढुगां सम्याउने, हु्रयम पाईप जडान गरी मर्मत संम्भार गर्ने, राजमार्ग चौराह देखी गोलपार्क सम्मको हाइवेका दुवै तर्फका नाला सफाई गर्ने, वडा नम्बर १ देखी ११ सम्मको करिब ५३१ मिटर नाला सफाई गर्ने र तिनाउ सरसफाई अभियानको ३५औ हप्ता सफलतार्पूवक सम्पन्न गर्ने काम भएको छ ।
–     राजमार्ग चौराह देखी योगिकुटी सम्म हाइवे सडकका दुवैतर्फ किनारमा फुलबारी निर्माण गर्ने, करिब २,१४१ मिटर वृक्षारोपण गर्ने, करिब ३०० बिरुवा जाली र गमला व्यवस्थापन गर्ने र मोतिपुर सेमलारमा ३ वटा पार्कहरुको संरक्षण र व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ ।
–    सिचाईका लागि करिब १७० मिटर कूलो तथा नहर निर्माण गर्ने, करिब ३३८ मिटर खोल्सी सुधार गर्ने, करिब ८५८ मिटर खोला नाला तटबन्ध गर्ने र करिब १,५०० ग्याबिन तारजाली वितरण गरी विपद व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ ।

सडक तथा यातायात

–     बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा गरेर २७,८६२ मिटर कच्ची सडकलाई ग्राभेल सडकमा स्त्तरोन्नती गर्ने काम सम्पन्न भएकोे छ ।
–     नगरस्तरीय रु ५० लाख भन्दा बढी लागतका सडक पिच योजना अन्र्तगत करिब ८,००० मिटर सडक पिच निर्माण गर्ने, सडक बोर्ड अन्र्तगत करिब ३,५०० मिटर सडक पिच निर्माण तथा मर्मत संम्भार गर्ने, वुटवल उपमहानगरपालिकाका १९ वटै वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालन भएका मझौला तथा साना गरी ४६० भन्दा बढी योजनाहरु मार्फत करिब ५,००० मिटर सडक पिच र करिब २,०४७ मिटर सडक पिसिसी गर्ने काम सम्पन्न भएको छ ।
–     आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित सबै ठूला, मझौला र साना योजनाहरु अन्र्तगत २७ कल्र्भट, ९७ ह्रयुम पाइप जडान र करिब १६,००० मिटर नाली निर्माण गर्ने काम सम्पन्न भएको छ ।

उर्जा तथा विद्युत

–    ग्रामिण विद्युत विस्तार अभियान अन्र्तगत पहिलो चरणमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा १२ वटा ट्रान्सर्फमर जडान गर्नुका साथै विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा करिब ४,००० मिटर विद्युत पोल तथा लाइन विस्तार गर्ने काम सम्पन्न भएको छ ।
–     उज्यालो शहर अभियान अन्तर्गत बुटवल उप–महानगरपालिकाका विभिन्न स्थानमा १५६ थान सौर्य सडक बत्ति जडान र ५५ वटा मर्मत गर्ने काम सम्पन्न गर्नुका साथै सार्वजनिक निजि साझेदारीमा हाइवेका विभिन्न स्थानमा ९ थान सोलार जडित यात्रु प्रतिक्षालय, ६ वटा ट््राफिक आईल्याण्ड र राजमार्ग चौराह देखी गोलपार्क तथा पुष्पलाल पार्क हुदैं तिनाउ पुल सम्मको हाइवेमा करिब १५० थान सोलार जडान गर्ने काम सम्पन्न भएको छ ।

भवन तथा अन्य पूर्वाधार

–     १० वटा वडा कार्यालयहरुको मर्मत संम्भार तथा पार्टेशन गर्ने र वडा न. १५ को कार्यालय भवन स्त्तरोन्नती गर्ने काम सम्पन्न भएको छ । यसका साथै वडा न. २ कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा १४ को कार्यालय भवन स्त्तरोन्नती गर्ने, वडा ७ मा प्रहरी चौकी निर्माण गर्ने र वडा १० मा कार्यालय भवन निर्माण गर्ने काम अगाडी बढेको छ ।
–     लुम्बिनी बस टर्मिनलको नव निर्मित बस टर्मिनल भवन र सपिङ्ग कम्प्लेक्सका १७ वटा सटर निर्माण सम्पन्न गरी भाडामा लगाईएको छ ।
–    उपमहानगर कार्यालय परिसरमा पिच निर्माण गर्ने, प्रर्यटकीय गन्तव्य झल्काउने गरी रंगरोगन गर्ने, पार्किङ्ग स्थल व्यवस्थापन गर्ने, फुलबारी निर्माण गर्ने लगायतका कामहरु सम्पन्न भएको छ ।
–     मुक्तिघाट शवदाह स्थलको निर्माण, हाटबजारमा १६ वटा सेड निर्माण र करिब २० वटा सामुदायिक भवन, मठ–मन्दिर, चर्च तथा गुम्बाको मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ ।
–     विद्यालय तथा सामुदायिक भवन र सार्वजनिक जग्गामा गरेर करिब ८२२ मिटर वाउण्ड््री वाल निर्माण तथा तारबार गर्ने काम सम्पन्न भएको छ ।

 

बहुवर्षे परियोजनाहरु
सडक तथा यातायात

–     चक्रपथ निर्माणको लागि विभिन्न वडाहरुमा ट््रायक खोल्ने, कल्र्भट र हु्रयम पाइप जडान गर्ने, ग्राभेलिङ्ग गर्ने, नाली निर्माण गर्ने लगायत सडकको स्त्तरोन्नती गर्ने काम भईरहेको छ ।
–    कालिका पथलाई आन्तरीक वाईपासका रुपमा विकास गर्न डिपिआर तयार पारी बाटो यकिन (राइट अफ वे) गर्न मार्कि¨ गर्ने काम सम्पन्न गर्दै निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
–     श्रवणपथलाई आन्तरिक वाइपासको रुपमा विकास गर्न डिजाइन निर्माण गर्दै श्रवणपथमा पर्ने खोलामा वडा ७ र ८ जोड्ने पुल निर्माण गर्ने काम भईरहेको छ । यसका साथै सडक निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
–     सार्वजनिक निजि साझेदारीमा मालवाहक तथा ढुवानी गाडीहरुको व्यवस्थापनका लागि ट््रान्सपोर्ट भिलेज निर्माण गर्न जग्गा एकिन र डिजाइन निर्माण गर्ने काम सम्पन्न गरी निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
     सार्वजनिक निजि साझेदारीमा बुटवलको वसपार्कमा बहुतले पार्किङ्ग भवन निर्माणका लागि डिजाइन गर्ने काम अन्तिम चरणमा पुगेको छ । यस्का लागि नगर विकास कोष संग २०७५ फागुन ६ गते सम्झौतासमेत भएको छ । शहरी पूर्वाधार विकास लगानी आयोजना अन्तर्गत नगर विकास कोषको ९० प्रतिशत ऋण लगानीमा बस टर्मिनलमा अत्याधुनिक भवन बन्न लागेको हो ।
–     अटो भिलेजलाई गुरुयोजना अनुरुप उपमहानगरपालिका र अटो भिलेज व्यवसायीहरुको सहकार्यमा स्त्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढेको छ ।
–    सडक क्षेत्राधिकार मापदण्ड निर्धारण तथा सडक यातायात गुरुयोजना अद्यावधिक गर्ने काम भईरहेको छ ।

पर्यटन

–    जितगढी किल्लामा विशाल राष्ट््िरय झण्डा र उजि“रसिहको पूर्ण कदको शालिक निर्माण गर्ने तथा जितगढी युद्ध संग्राहलय र ओपन पार्क सहितको गुरुयोजना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
–     हिलपार्कलाई विशाल बुद्धको मूर्ति सहित बुद्ध पहिचानमा विकास गर्न सर्भे, जग्गा एकिन र माटो परिक्षण गर्ने काम सम्पन्न गर्दै गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
–    प्रदेश सरकारको सहयोगमा शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने काम भईरहेको छ ।
–    मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै भौतिक स्त्तरोन्नती तथा पूर्वाधार निर्माण गर्ने कामको शुरुवात भएको छ ।
ड्ड वडा न. ११ मा विपी पुष्पलाल राष्ट््िरय विभूति पार्क र आधुनिक बाल उद्मान, वडा न. ४ मा लक्ष्मी पार्क, वडा न. १३ मा वाटर पार्क, भैरव पार्क, पाणिनी पार्क तथा वडा न. ८ मा जेबी पार्क निर्माणको लागि गुरुयोजना निर्माण गर्ने र अन्य पार्कहरुको समेत स्त्तरोन्नती गर्ने काम भईरहेको छ ।
–    नरेनापुरघामको संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम सम्पन्न गर्दै नरेनापुर भ्यू टावर, पार्क र अन्य पूर्वाधारहरुको निर्माण गर्न साथै त्यस क्षेत्रमा थारु होमस्टे निर्माण गर्दै बौठलिया सिमसार क्षेत्रलाई प्रर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
–     मोतिपुरमा थारु संग्रहालय निर्माणका लागि जग्गा यकिन गरी गुरुयोजना निर्माण गर्ने र हिलपार्कमा संघसंस्थाको सहकार्यमा जनजाति संग्राहलय निर्माणको प्रक्रिया अगाडि बनाउने काम भएको छ ।
–    नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न तिनाउ गाउँपालिकाका र निजि क्षेत्रको सहकार्यमा केबलकारको निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।
–     एक बन एक पोखरी कार्यक्रमको कार्यान्वयन प्रक्रिया अगाडि बढको छ । सामुदायिक वनहरुसंगको सहकार्यमा वनमा पोखरी निर्माण गरिने छ । जमिन मुनीको पानीलाई रिचार्ज गर्ने र हरियाली बढाउने उद्देश्यले चुरे क्षेत्रमा यस्ता पोखरीहरु निर्माण गरिन लागेको हो ।

खानेपानी तथा सरसफाई

–     बुटवल वडा नम्बर ७ र ८ को खानेपानी परियोजना उपनगरपालिकाले अगाडि बढाउने गरी योजना निर्माणको काम भईरहेको छ ।
–     बुटवल उपमहानगरपालिका क्षेत्रको खानेपानी आपूर्ति र व्यवस्थापनका निम्ति वडा १ देखी १९ सम्मको एकिकृत खानेपानी व्यवस्थापन गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भईरहेको छ ।
–    बुटवल उपमहानगर क्षेत्रका सम्पूर्ण सडकलाई समेट्ने गरी सतह ढल गुरुयोजना बनाउने काम भईरहेको छ ।

खेलकुद

   एक वडा एक खेल मैदान बनाउने गरि योजना बनाएअनुसार अहिले सबै वडाहरुमा सम्भाव्यता अध्यय्न भइरहेको छ । खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै यस्तो गर्न लागिएको हो ।
–    वडा १३ मा अन्तर्राष्ट्रिय स्तरको उजिरसिह जवई फुटबल रंगशालाको डीपीआर तयार पार्ने काम भएको छ ।
–    सेमलारमा आधुनिक कर्वडहल निर्माण कार्य भईरहेको छ ।
–    वडा न. ६ को चन्द्रनगरमा स्वीमिङपुल निर्माणका लागि सम्भाव्यता अध्यय्न भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास

–     आधुनिक बधशाला निर्माणका लागि बधशाला क्षेत्रको पर्खाल (वाउण्ड्री) निर्माण गर्ने, लोडिङ्ग अनलोडिङ्ग प्लेटर्फम निर्माण गर्ने तथा गेट र चेक पोष्ट निर्माण गर्ने काम सम्पन्न गर्दै कृषि सहकारी र मासु व्यवसायी संगको सहकार्यमा सार्वजनिक निजि साझेदारी मार्फत बधशालाको स्त्तरोन्नती र सञ्चालन गर्न गुरुयोजना निर्माण भईरहेको छ ।
–     सेमलारमा आधुनिक कृषि उपज केन्द््र निर्माणका लागि जग्गा एकिन गर्ने काम सम्पन्न गर्दै नेपाल सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भईरहेको छ ।

भवन निर्माण

–    उपमहानगरपालिकाको अत्याधुनिक प्रशासशिन भवन निर्माण गर्ने काम भईरहेको छ ।
–    हाटबजारमा सपिङ्ग क्वोल तथा कम्प्लेक्सको तला थप गर्ने, उजिरसिह मावि ए र बि ब्लक भवन निर्माण गर्ने र वडा न.२ मा स्थानिय उत्पादन बिक्री केन्द््रको निर्माण गर्ने काम भईरहेको छ ।
–     नगर विकास कोषको ऋण तथा अनुदान सहयोगमा करिब १० करोडको लागतमा लुम्बिनी बस टर्मिनल सपिंग कम्प्लेक्स भवनको तला थप सम्बन्धी कार्यान्वयन प्रक्रिया अगाडि बढको छ ।

भावी योजना

–     राज्यको पुनःसंरचना मार्फत बदँलिएको परिस्थितीमा स्थानिय सरकारको लागि आवश्यक कानून, जनशक्ति, प्रविधि, स्रोत साधन र संरचनाको व्यवस्थापन गर्दै बुटवल उपमहानगरपालिकाको सेवाप्रवाह र कार्यसम्पादन पारदर्शी, जवाफदेही, चुस्त दुरुस्त तथा प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गरिने छ ।

–    समृद्ध बुटवल, सुखी बुटवलवासी भन्ने मूल नाराका साथ नगरसभा बाट पारित विकास गुरुयोजना र निर्वाचनका समयमा घोषणापत्र मार्फत जनतासंग गरिएका प्रतिबद्धताहरुको आवधिक, मध्यकालिन र दिर्धकालिन योजना अनुरुप कार्यान्वयन गरिने छ ।
–    भौतिक विकास र मानविय विकासको सन्तुलन सहित नगर सरकारले अगाडी सारेका बहुवर्षे परियोजनाहरु र जनतासंग प्रत्यक्ष जोडिएका सवालहरु प्राथमिकतामा राखी कार्यान्वयन गरिने छ ।
–    नगरसभाबाट पारित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक निति, बजेट तथा कार्यक्रम अन्र्तगत करिब १७० वटा नगर स्तरीय तथा करिब ४१९ वटा वडा स्तरीय पूर्वाधार निर्माणका योजनाहरु र पछिल्लो आर्थिक वर्षबाट क्रमागतमा आएका १२१ योजना मध्ये सम्पन्न हुन बाँकी रहेका करिब ३५ योजनाहरुको कार्यान्वयन गरिने छ ।
यसका साथै नगरका कच्ची, ग्राभेल र पक्की सडकहरुको स्त्तरोन्नती गर्ने, नगरका विभिन्न ठाउँहरुमा पुल निर्माण गर्ने, क्रमश सम्पूर्ण वडा कार्यालयहरुको भवन निर्माण तथा मर्मत संम्भार गर्ने, ग्रामिण विद्युत विस्तार तथा नगर उज्यालो अभियानलाई निरन्तरता दिने, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सुरक्षा तथा रोजगारी, खानेपानी तथा सरसफाई, शहरको सौन्र्दयीकरण तथा बजार व्यवस्थापन र कृषि तथा पशुपन्क्षीलगायत सामाजिक तथा आर्थिक विकासका कार्यक्रमहरुको समेत कार्यान्वयन गरिने छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology