दोस्रो बुद्ध क्लासिक प्रदेश शारीरिक सुगठन हुने

बुटवल, २२ फागुन । रुपन्देहीमा दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन फिजिक एण्ड विमेन फिजिक प्रतियोगिता २०७५ हुने भएको छ । बडिबिल्डिङ्ग स्टोर (मसल टेक) को सहयोगमा बडिबिल्डिङ्ग एण्ड फिटनेश एसोसियसन रुपन्देहीले बुटवलमा प्रतियोगिता आयोजना गर्न लागेको हो । लक्ष्मीनगरस्थित थकाली समाजको सभाहलमा २४ र २५ गते दुई दिने प्रतियोगिताको तयारी तिब्र भैरहेको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक एसोसियनका अध्यक्ष अर्जुन बिकले बताए ।

प्रतियोगितामा प्रदेश ४ र ५ का करीब एक सय बढी खेलाडीहरु विभिन्न विद्यामा प्रतिस्प्रर्धा गर्ने संयोजक विजेन्द्रमान श्रेष्ठले बताए । प्रतियोगिता अन्तरगत शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७० र ७० केजी प्लस गरि ५ तौल समुहको विद्यामा खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन । हरेक तौल समुहबाट उत्कृष्ट हुने प्रत्येक एकजनाले ओभरअल क्याटगरीमा उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र गर्ने छन भने प्रत्येक तौल समुहमा विजेताभई अन्तिम प्रतिस्प्रर्धामा पुग्ने खेलाडीले नगद १०–१० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसैगरि मेन फिजिक्समा १ सय ६० सेमी कम र त्योभन्दा माथि उचाईका आधारमा शारीरिक बनावट मापन गरेर उत्कृष्ट छानिने छ । उपाधि मेन्स फिजिक्सको विजेताले नगद १० हजार तथा विमेन्स फिजिक्सतर्फको विजेताले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन ।
एसोसियसनका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले यस क्षेत्रमा युवाहरुको बडिबिल्डिङ्गमा आर्कषणलाई मध्येनजर गरि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा सहभागि प्रत्येक खेलाडीले मसल टेकको तर्फबाट कम्प्लिमेन्टीमा ३० प्रतिशत छुट तथा बजन समुहमा प्रथम, द्धितिय र तृतिय खेलाडीहरुले समेत ५० प्रतिशत छुट प्राप्त गर्ने उनले बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology